१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी

प्रधानन्यायाधीशको घोषणाः २०८२ असार मसान्तसम्म सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दा शुन्यमा झार्छौँ

प्रधानन्यायाधीशको घोषणाः २०८२ असार मसान्तसम्म सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दा शुन्यमा झार्छौँ
अ अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले २०८२ साल असार मसान्तभित्र सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झार्ने घोषणा गर्नुभएको छ ।

बिहीवार सर्वोच्च बार एशोशिएशनको ५१ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दाहरु हजारौंको संख्याबाट घटाएर ७८ थान मात्र बाँकी रहेको बताउनु भयो । उहाँले बाँकी ७८ थान मुद्दा समेत आउँदो वर्षको असार मसान्तसम्म शुन्यमा झार्ने बताउनु भयो । उहाँले पाँच वर्ष नाघेका मुद्दाहरु समेत २०८३ सालसम्म शुन्यमा झार्ने लक्ष्य राखिएको बताउनु भयो । उहाँले अहिले सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दाको संख्या दुई हजार चार सय रहेको समेत उल्लेख गर्नुभयो । उहाँले सर्वोच्चबाट फैसला हुने आदेश र फैसलाहरुमा सशक्त टिप्पणी गर्न समेत कानून व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले आदेशप्रति आग्रह पूर्वाग्रह नराखि टिप्पणी गर्न अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले बनाएको प्रक्षेपणभित्रमा २०८२ साल असार मसान्तसम्ममा आठ वर्षीय मुद्दा जिरोमा ल्याउने अभियानमा छौं । आज फागुन ८ गते हो । अब मसँग धेरै समय छैन चार महिना बाँकी छ । अब आठ वर्ष नाघेका मुद्दा सर्वोच्च अदालतमा हजौंबाट घटेर आज ७८ थान मा बाँकी छन् । यी मुद्दाहरु आउँदो वर्षको असार मसान्तसम्म शुन्यमा ल्याउँछौं । २०८३ सालभित्र पाँच वर्ष नाघेका मुद्दा शुन्यमा ल्याउने भनेको छ । पाँच वर्ष नाघेका मुद्दाहरु २४०० हारहारी रहेका छन् । त्यसलाई ०८३ असार मसान्तसम्म शुन्यमा ल्याउने भनिएको थियो ।’

प्रधानन्यायाधीश राउतले कानून व्यवसायीहरुसँग भएको ज्ञान र क्षमाता कानून निर्माणको क्षेत्रमा संप्रेषण हुन नसकेको बताउनु भयो । उहाँले कानून बनाउँदा कानून व्यवसायी र संसदबीच पर्याप्त छलफल नहुँदा अन्यायपूर्ण र दोषपूर्ण कानून बन्ने गरेको बताउनु भयो । उहाँले आफूसँग भएको ज्ञान, अनुभव र निपूर्णता कानून निर्माण गर्ने क्रममा लबिङ हुनुपर्ने बताउनु भयो । उहाँले कानून व्यवसायी र संसदबीच पर्याप्त छलफल र  सहकार्य नहुँदा आवश्यकता नपर्ने कानूनहरु समेत बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी कानून व्यवसायीहरु सबै कुरा जान्दछौं, बुझेका पनि छौं । तर हामीले जाने र बुझेको ज्ञान जुन ठाउँमा सम्प्रेशण हुनुपर्ने हो त्यो ठाउँमा भइरहेको छैन । जस्तो कानून बनाउने कुरामा संसदले कानून बनाउँछ । यदि कुनै विषयवस्तु छ जहाँ कानून बन्ने हो त्यो कानूनको रुपमा आउँदा त्यो दोषपूर्ण र अन्यायपूर्ण भयो भने फेरि न्यायको याचना नगर्दा पनि हुन्छ । म तपाईहरुलाई नम्रतापूर्वक के आग्रह गर्न चाहान्छु भने तपाईहरुसँग भएको ज्ञान, विवेक, अनुभव, क्षमाता र निपूर्णता कानून नहुँदै त्यो ठाउँमा लबिङ हुनुप¥यो । फेयर र रिजनेबल कानूनको लागि पहल र प्रयत्न हुनुप¥यो । थुप्रै कानूनहरु अहिले यस्ता छन् ति कानूनहरुको बारेमा यति त गर्दिउँ न भन्दा त्यसमा हात बाँधिएको छ । सायद त्यस्तो किसिमको कानूनको आवश्यकता पर्दैन थियो होला नि । यदि त्यस्तो कुरा आयो भने कानून लागू नहुँदै कानून व्यवसायी र संसदबीच कसरि समन्वय र सहकार्य गर्ने हो । घनिभुत छलफल चलाउनुप¥यो । र यो कल्चरलाई डेभलव गर्नुप¥यो । सायद आजसम्म भएको छैन कि ।’

कानून लागू नगर्दै संसद र कानून व्यवसायीबीच व्यापक छलफल गर्ने परम्पराको विकास गर्न जरुरी रहेको उहाँको भनाइ छ ।