२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

५५ करोडको चामल खरिद प्रकरणः कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद

५५ करोडको चामल खरिद प्रकरणः कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद
अ अ+ अ-

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद गरिएको कम्पनी स्रोतले जनाएको छ । कम्पनी स्रोतका अनुसार हाल देशका विभिन्न भागमा ४० हजार क्विन्टल चामल खरिद गरेर विभिन्न खाद्य गोदाममा भण्डारण गरिएको छ । त्यसरी खरिद गरिएको चामल कम गुणस्तरको पाइएपछि खरिद प्रक्रियामै आशंका सिर्जना भएको छ । वार्षिक कार्यक्रमअनुसार नै कम्पनीले करिब ५५ करोड रुपैयाँमा १ लाख क्विन्टल चामल खरिद गरेर गोदाममा भण्डारण गर्न थालेको हो । व्यापार कम्पनीका केही कर्मचारीको मिलेमतोमा विभिन्न ठाउँमा रहेको खाद्य गोदाममा कमसल गुणस्तरको चामल खरिद गरेर थन्क्याउने गरिएको कम्पनी स्रोतको दाबी छ ।

त्यसरी खरिद गरी गोदाममा राखिएको चामल कमसल भएको कम्पनीकै खाद्य प्राविधिकले प्रमाणित गरेका छन् । तर पनि कमसल चामल खरिद गर्ने कार्य रोकिएको छैन । प्राविधिकद्वारा मापदण्डअनुसार नभएको प्रमाणित चामललाई माथिल्लो निकायको आँखा छल्न आन्तरिक मिलेमतोमा कागजी रूपमा मिलाएर चामल गोदाममा थन्क्याउने काम भएको बताइएको छ । स्रोतका अनुसार खाद्य कम्पनीको थापाथलीस्थित कार्यालयको गोदाममा कलैया बाराको लक्की राइस मिलबाट खरिद गरिएको सोना मन्सुली चामल नै गुणस्तरहीन भेटिएको छ । प्राविधिकका अनुसार गुणस्तर मापदण्डअनुसार नभएको चामल गोदाममा भण्डारण गर्दा छिटै कुहिने सम्भावना रहन्छ । खाद्य प्राविधिकले चामलको गुणस्तर मापदण्ड नमिलेको भनेर फिर्ता गर्न पत्र पठाउँदा पनि प्राविधिकको पत्रलाई अटेर गर्दै चामललाई गोदाममै राखिएको कम्पनीकै एक प्राविधिकले बताए ।

प्राविधिकले गुणस्तर मापदण्ड नमिलेकाले कमसल चामल फिर्ता गर्न दुई साताअघि नै सुझाव दिएका थिए । तर, प्राविधिकको सुझावलाई पूर्ण रूपमा बेवास्ता गरिएको छ । चामल खरिदसँगै बोरामा गरिने प्याकेजिङमा समेत चलखेल भएको आशंका गरिएको छ । खाद्य कम्पनीमा दाल, चामल, धानलगायतका खाद्य वस्तु खरिद गर्दा स्टोर किपरदेखि कार्यालय सहयोगी हुँदै माथिल्लो तहमा रहेका कर्मचारीसम्ममा नै चलखेल हुने गरेको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले कम्पनीको वार्षिक कार्यक्रमअनुसार कम्पनीले विभिन्न ठाउँको खाद्य गोदाममा चामल खरिद गरेर भण्डारण गर्न थालेको बताए । उनले खरिद गर्नुपर्ने १ लाख क्विन्टलमध्ये ४० हजार क्विन्टल खरिद गरी भण्डारण कार्य थालिएको जानकारी दिए । खनालका अनुसार कम्पनीले लहानको गोदाममा सोना मन्सुली ९ हजार ५ सय क्विन्टल र स्टिम जिरा ५ हजार क्विन्टल खरिद गरी भण्डारण गरेको छ ।

यसैगरी, वीरगन्जमा सोना मन्सुली ५ सय क्विन्टल र स्टिम ५ हजार क्विन्टल, काठमाडौंमा १० हजार सोना मन्सुली, स्टिम ५ हजार क्विन्टल, नेपालगन्जमा अरुवा मोटा १८ हजार, स्टिम १० हजार क्विन्टल, सुर्खेतमा अरुवा मोटा १७ हजार, स्टिम जिरा ३ हजार क्विन्टल, धनगढीमा मोटा १९ हजार र स्टिम जिरा १ हजार क्विन्टल चामल खरिद गरेर गोदाममा भण्डारण गरिएको छ । कम्पनीको थापाथलीस्थित कार्यालयका प्रबन्धक रणबहादुर बुढाथोकीले कलैया बाराको लक्कि राईस मिलबाट ४ सय क्विन्टल सोना मन्सुली चामल ल्याएर गोदाममा भण्डारण गरिएको बताए । उनले लक्की राइस मिलबाट खरिद गरेर थापाथलीस्थित गोदाममा १० हजार क्विन्टल सोना मन्सुली भण्डारण गर्न थालिएको बताए । प्रबन्धक बुढाथोकीले थापाथलीस्थित गोदाममा आएको चामल खाद्य व्यापार कम्पनीकै गुणस्तर मापदण्डअनुसार भएको दाबी गरे ।

व्यापार कम्पनीका खाद्य प्राविधिक विशेष कट्टेलले चामल खरिद गर्दा चामलको गुणस्तर चेक जाँच गरेर मात्र भण्डारण गर्न दिइने बताए । चामलको मोइस्चर १२ प्रतिशतभन्दा माथि हुन नहुने उनले बताए । उनले भने, ‘चामलमा मोइस्चर १२ प्रतिशतभन्दा माथि छ भने त्यो चामल गुणस्तर मानिँदैन । त्यस्तो चामल भण्डारण गर्दा छिटै कुहिन्छ ।’ राजधानी दैनिक