• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रस्ताव अस्वीकृत



काठमाडौँ । हिमालयन बैङ्क र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रस्ताव अस्वीकृत भएको छ । हिमालयन बैंकको शुक्रबार सम्पन्न २९औँ साधारणसभाले मर्जरसम्बन्धी विशेष प्रस्तावलाई अस्वीकृत गरेको हो । मर्जरसम्बन्धी विषयमा सेयरधनीबीच विवाद भएको बताइएको छ ।

प्रस्तावमा सहमति कायम हुन नसकेपछि भएको मतदानमा सो प्रस्ताव अस्वीकृत भएको हो । प्रस्ताव पारित गर्न ७५ प्रतिशत सेयरधनीको स्वीकृति चाहिने भए पनि कर्मचारी सञ्चयकोष, एन ट्रेडिङ कम्पनी, छायाँ इन्टरनेसनललगायतका कम्पनीले मर्जर प्रस्तावमा असहमति जनाएका थिए ।

मर्जर प्रस्तावको विपक्षमा ४२ प्रतिशत मत आएको बताइएको छ । हिमालयन बैंकमा सञ्चयकोषको १४.८७, एन ट्रेडिङ कम्पनीको १२.७७ र छायाँ इन्टरनेसनलको ८.९४ प्रतिशत सेयर लगानी रहेको छ । यी तीन कम्पनीको कुल सेयर लगानी ३६.५८ प्रतिशत भएसँगै मर्जर प्रस्ताव स्वीकृत गर्न आवश्यक ७५ प्रतिशत मत प्राप्त हुन नसकेको हो ।