१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङका लागि उडेको गृहमन्त्री सवार हेलिकप्टर पोखरामै रोकियो



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा सवार हेलिकप्टर पोखरामै रोकिएको छ। बाढीपहिरोको अवलोकन तथा राहत वितरण गर्न बागलुङ उडेको हेलिकप्टर खराब मौसमका कारण पोखरामा अवतरण गराइएको थापाका प्रेस संयोजक किरण भट्टराईले बताए।

बागलुङमा अहिले वर्षासँगै बाक्लो कुहिरो लागिरहेको छ। ‘मौसम सामान्य भएपछि जान्छौं, नभए फर्किनेबाहेक विकल्प रहेन,’ उनले भने।

बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ। ३६ जना अझै बेपत्ता छन्।

टोलीमा गृहमन्त्रीसहित बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेल पनि छन्।