२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंकामा ६ जना पक्राउ



अ+ अ-

काठमाडौं । कालिमाटी तरकारी बजारमा मृत फेला परेका व्यक्तिको हत्या आशंकामा प्रहरीले अनुसन्धानको लागि ६ जनालाई पक्राउ गरेको छ ।

बुधबार बिहान तरकारी बजारमा भरिया काम गर्दै आएका रामकृष्ण दाहाल मृत फेला परेका थिए । उनको मृत्यु शंकास्पद देखिएकोले प्रहरीले अनुसन्धानको लागि ६ जनालाई पक्राउ गरेको हो ।

मृतक दाहालको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए । यसमा सीसीटीभी फुटेजको अध्ययन गरेर अनुसन्धान भईरहेको उनले बताए ।

तरकारी बजारका अन्य भरियासँग विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।