१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंकामा ६ जना पक्राउ



अ+ अ-

काठमाडौं । कालिमाटी तरकारी बजारमा मृत फेला परेका व्यक्तिको हत्या आशंकामा प्रहरीले अनुसन्धानको लागि ६ जनालाई पक्राउ गरेको छ ।

बुधबार बिहान तरकारी बजारमा भरिया काम गर्दै आएका रामकृष्ण दाहाल मृत फेला परेका थिए । उनको मृत्यु शंकास्पद देखिएकोले प्रहरीले अनुसन्धानको लागि ६ जनालाई पक्राउ गरेको हो ।

मृतक दाहालको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए । यसमा सीसीटीभी फुटेजको अध्ययन गरेर अनुसन्धान भईरहेको उनले बताए ।

तरकारी बजारका अन्य भरियासँग विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।