९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा आज मुम्बई उच्च अदालतमा सुनुवाइ



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा बुधबार मुम्बई उच्च अदालतमा सुनुवाइ हुँदैछ । शिवसेना (उद्धव गुट) का विधायक आदित्य ठाकरेको नाम उच्च अदालतमा दायर जनहित याचिकामा छ ।

जसमा सुशान्तकी पूर्व म्यानेजर दिशा सालियनको मृत्युको छानबिन गर्न माग गरिएको छ । यो याचिका भारतको सर्वोच्च अदालत र उच्च न्यायालय लिटिगेन्ट्स एसोसिएसनले २०२३ मा दायर गरेको थियो

३ दिनअघि सुशान्तका बुवा केके सिंहले सुशान्त मृत्युको ३–४ दिनअघि घर आएको र त्यस्तो केही नभएको बताएका थिए । यो घटनाको वास्तविकता र दोषी को थिए भन्नेमा अब बाहिर आउने आशा छ । अदालतबाट न्याय मिल्नेमा सुशान्तका बुबा आशावादी छन् ।

सुशान्त सिंह राजपुत १४ जुन २०२० मा बान्द्रास्थित आफ्नै घरमा मृत फेला परेका थिए । सुरुमा यो आत्महत्याको घटना देखिए पनि पछि मिडिया र विपक्षी दलको दबाबका कारण यस प्रकरणको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो ।

सीबीआईको अन्तिम प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भएको बताइएको छ ।

सुशान्तको मृत्यु हुनुभन्दा केही दिनअघि ८ जुनमा मुम्बईको मलाडस्थित एउटा भवनको १४ औं तलाबाट खसेर उनको म्यानेजर दिशा सालियनको मृत्यु भएको थियो । दुबैको मृत्यु शंकास्पद थियो तर अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन ।