१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री

क्रिप्टोकरेन्सीः उत्तर कोरियाली ह्याकरले ४० करोड डलर मूल्य पर्ने डिजिटल मुद्रा चोरेको दाबी

क्रिप्टोकरेन्सीः उत्तर कोरियाली ह्याकरले ४० करोड डलर मूल्य पर्ने डिजिटल मुद्रा चोरेको दाबी
अ अ+ अ-

एजेन्सी । गत वर्ष उत्तर कोरियाली ह्याकरहरूले विभिन्न क्रिप्टोकरेन्सी मञ्चमा कम्तीमा सात पटक आक्रमण गरेर झन्डै ४० करोड अमेरिकी डलरजतिको डिजिटल मुद्रा चोरेको दाबी एउटा प्रतिवेदनले गरेको छ।

ब्लकचेनबारे अनुसन्धान गर्ने संस्था चेनएनलिसिसका अनुसार उत्तर कोरियाका साइबर अपराधीका लागि सन् २०२१ एउटा सफल वर्ष प्रमाणित भयो। उत्तर कोरियाली ह्याकरहरूले मुख्यतया लगानी गर्ने कम्पनी तथा क्रिप्टोकरेन्सी किनबेच गर्न मध्यस्थता गरिदिने केन्द्रीकृत मञ्चलाई लक्ष्य बनाएका थिए।

उत्तर कोरियाले आफू त्यस्ता आक्रमणमा संलग्न भएको भन्ने आरोपको बारम्बार खण्डन गर्ने गरेको छ। 'सन् २०२० बाट २०२१ मा पुग्दा उत्तर कोरियासँग सम्बन्धित ह्याकको सङ्ख्या चारबाट बढेर सात भयो अनि ती ह्याकबाट दोहन गरिएको 'डिजिटल मुद्राकोे मूल्य ४० प्रतिशतले बढ्यो,' चेनएनलिसिसले एउटा प्रतिवदेनमा भनेको छ।

चेनएनलिसिसका अनुसार ह्याकरहरूले लक्षित संस्थाका 'हट' वालेटबाट सम्पत्ति चोरेर उत्तर कोरियाको नियन्त्रणमा भएका स्थानमा पठाउन विभिन्न विधि प्रयोग गरेका थिए। त्यस्ता विधिमा फिशिङ, सफ्टवेअरको कमजोरी पत्ता लगाउने विशेष कोड र मालवेअर प्रयोग गरेका थिए।

क्रिप्टोकरेन्सी कसरी चोरी हुन्छ ?

क्रिप्टोकरेन्सी हट वालेटहरू इन्टरनेट तथा क्रिप्टोकरेन्सी नेटवर्कसँग जोडिएका हुन्छन्। त्यसैले ती ह्याकिङमा पर्ने जोखिममा हुन्छन्। क्रिप्टोकरेन्सी पठाउन र लिन ती वालेटको प्रयोग गरिन्छ। तिनले प्रयोगकर्तालाई आफूसँग कति वटा टोकन छन् भनेर देखाउँछन्।

आफूलाई दैनिक आवश्यक नपर्ने हुँदा ठूलो परिमाणको क्रिप्टोकरेन्सी 'हट'वालेटको सट्टा 'कोल्ड' वालेटमा राख्ने सल्लाह धेरै विज्ञले दिएका छन्। किनभने कोल्ड वालेटहरू बृहत्तर इन्टरनेटसँग जोडिएका हुँदैनन्।

चेनएनलिसिसका अनुसार गत वर्ष भएका आक्रमणमध्ये धेरैमा तथाकथित ल्याजरस ग्रूपको संलग्नता छ। अमेरिकाले प्रतिबन्ध लगाएको उक्त समूह उत्तर कोरियाको जासुसी संयन्त्रले सञ्चालन गर्ने ठानिएको छ।

यसअघि 'वानाक्राई' नामक दिइएको र्‍यान्समवेअर आक्रमणमा ल्याजरस समूह संलग्न भएको आरोप लागेको थियो। सन् २०१४ मा अन्तर्राष्ट्रिय ब्याङ्क तथा ग्राहकका खाता ह्याक तथा सोनी पिक्चर्समा साइबर आक्रमण गरिएको थियो।

कहाँ गयो पैसा ?

सम्पत्ति हात परेपछि उत्तर कोरियाले घटना ढाकछोप तर्न तथा पैसा निकाल्न सावधान भएर सम्पत्ति शुद्धीकरण गर्ने प्रक्रिया थालेको उक्त प्रतिवेदनले जनाएको छ। उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरूको अनुगमन गर्ने एउटा राष्ट्रसङ्घीय समितिले प्योङ्याङले परमाणुअस्त्र कार्यक्रम तथा बलिस्टिक क्षेप्यास्त्रमा चोरिएको धन प्रयोग गरेको आरोप लगाएको छ।

गत वर्ष संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका तीन कम्प्युटर प्रोग्र्यामलाई १.३ अर्ब डलरबराबरको पैसा र क्रिप्टोकरेन्सी चोर्ने उद्देश्यले शृङ्खलाबद्ध ह्याकिङ गरेको अभियोग लगाएको थियो।

अमेरिकी न्याय मन्त्रालयका अनुसार त्यस्ता साइबर आक्रमणले ब्याङ्कदेखि हलीवुड चलचित्र उद्योगका स्टूडिओसम्म प्रभावित भएका थिए। बीबीसी