२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन ७ गते नेपाल र नेपालीको लागि एउटा कोशेढुङ्गा: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ७ गते नेपाल र नेपालीको लागि एउटा कोशेढुङ्गा साबित भएको जनाउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पूर्वराष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गर्नुभएको छ ।

सन्देशमा भनिएको छ- निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापनाको ७४औं वर्ष पूरा भई आज ७५औं वर्षमा प्रवेश गरेको दिन । प्रजातन्त्रको स्थापना को लागि भएका विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । फागुन ७ गते नेपाल र नेपालीको लागि एउटा कोशेढुङ्गा साबित भएको छ । यही निभमा उभिएर हामी नेपालीलाई बहुदल हुँदै संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना सम्मका आन्दोलनमा सफलता हासिल भयो । सम्पूर्ण शहीदहरूको बलिदानलाई उच्च कदर गर्दै नेपालको सर्वाङ्गीण विकास र समृद्धिको लागि निरन्तर संघर्षरत रहन सबै राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय र हामी सबै नेपालीलाई प्रेरणा मिल्नेछ भन्ने मैले विश्वास लिएको छु । देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीलाई ७५औं राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना ।