३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.06

Wind: 5.14

Humidity: 50

Latest
सरकारसँग विश्वप्रकाश शर्माका असहमतिका सात बुँदा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान हङकङ ११५ मा अलआउट, नेपाललाई ११६ रनको लक्ष्य कर वृद्धिबारे निर्णय अब चीनको हातमाः ट्रम्प ‘आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता’ एकले अर्कोलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि बढौँः अध्यक्ष भट्टराई सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए सुनको मूल्य निरन्तर उकालोः आज तोलाको रू एक लाख ८७ हजार कायम स्व. न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम गर्ने



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले फागुन ९ गतेदेखि २१ गतेसम्म ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । नेपाली काँग्रेसको केन्द्रिय सूचना, सञ्चर तथा प्रचार विभागले अभियान सात वटै प्रदेशमा गर्ने जानकारी दियो ।

पत्रकार सम्मेलनमा बोल्दै विभागका सचिव गोपालकुमार झाले सात प्रदेशका राजधानीहरुमा गरिने यो कार्यक्रमको उद्देश्य अहिले देशमा देखिएको निराशा चिर्नु रहेको बताउनु भयो । उहाँले देशमा भएका सकारात्मक कुरामाथि नकारात्मक भाष्य खडा गरेर भए भरका सकारात्मक कुरालाई ढाकछोप गरिएकाले उक्त भ्रम चिर्न अभियान सञ्चालन गर्न लागिएको बताउनु भयो । उहाँले देशमा २००७ सालमा नेपाली काँग्रेसले खेलेको भुमिका, देशको विकास निर्माणमा नीतिगत रुपमा खेलेका भुमिकाहरुबारे जानकारी गराइने बताउनु भयो ।

वरिष्ठ पत्रकार हरिबहादुर थापा र जगत नेपालले अभियानमा दुई वटा कार्यपत्रहरु प्रश्तुत गर्ने बताउनु भयो । अभियानअन्तर्गत ९ गते विराटनगर, १० गते जनकपुर, १७ गते पोखरा, १८ गते बुटवल, २० गते सुर्खेत र २१ गते धनगढीमा कार्यक्रम हुने बताउनु भयो ।