२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

कोटेश्वर–जडीबुटी सडक आठ लेनको बनाइँदै

कोटेश्वर–जडीबुटी सडक आठ लेनको बनाइँदै
अ अ+ अ-

काठमाडौँ । ट्राफिक जाम भइरहने कोटेश्वर–जडीबुटी सडक खण्डको स्तरोन्नति गरिने भएको छ । यहाँको करिब ६ सय मिटर सडक स्तरोन्नति गर्न लागिएको हो । अहिले जग्गा खाली गरेर ट्र्याक निर्माण गर्ने काम थालिएको छ । ‘पूर्वतयारीको काम मात्र गरिएको हो,’ सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपालीले भने, ‘साइट क्लियर गरेर मात्र ठेक्का प्रक्रियामा जान्छौं । केही दिनअघि साइट क्लियरको काम सुरु भएको छ ।’ सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । स्वीकृतिका लागि सडक विभाग पठाइएको उनले जानकारी दिए । ‘डीपीआर तयार भइसकेको छ,’ उनले भने, ‘एक साताभित्रमा सडक कालोपत्र गर्ने गरी टेन्डर निकाल्ने तयारीमा छौं ।’ स्तरोन्नतिका लागि १२ करोड बजेट अनुमान गरिएको छ । अहिले सडक चार लेनको छ । थप चार लेन थप्न लागिएको हो । जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ७ रोपनी र करिब एक आना जग्गा व्यक्तिको पर्छ । जग्ग्गा प्राप्तिको काम सकिसकेको उनले बताए ।

‘तीन–चार दिनमै सडक कालोपत्रका लागि टेन्डर गर्ने भन्ने थियो, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीलाई कोरोना संक्रमण भएपछि काम प्रभावित भयो,’ उनले भने, ‘डीपीआर तयार छ । ठेक्का गर्ने अन्तिम चरणमा छौं ।’ सडक निर्माण गर्ने खण्डमा सार्वजनिक शौचालय पर्छ । यसमा महानगरसँग सम्झौता भएकाले ठेक्का लाग्नुअघि अन्यत्र सार्ने सहमति भएको छ । डिभिजन सडक काठमाडौंमार्फत स्तरोन्नतिको काम गर्न लागिएको हो । ‘ठेक्का सम्झौता भएको ६ महिनाभित्र निर्माण सकिनेछ,’ नेपालीले भने, ‘सबै गरेर बढीमा ९ महिनाभित्र सडक सञ्चालनमा आउने अनुमान गरेका छौं ।’ लकडाउनअघि नै सडक स्तरोन्नति गर्ने अवधारणा ल्याइएको थियो । ‘कोरोना संक्रमण नबढेको भए काममा धेरै अघि बढिसकेका हुने थियौं,’ उनले भने, ‘छलफल गर्नुपर्ने, जग्गा प्राप्ति गर्नुपर्ने भएर ५र६ महिनादेखि लागिरहेका थियौं ।’ अब समस्या नभएको उनको भनाइ छ ।

भक्तपुरबाट आउने र बालकुमारीतर्फ जानेलाई छुट्टै लेन दिने गरी सडक स्तरोन्नति गर्न लागिएको हो । अर्को कोटेश्वरबाट पेप्सीकोला जानेलाई बीचमा नरोकी सिधै जान दिने गरी थप लेन निर्माण गरिनेछ । मनोहरा खोलामा पुल निर्माणाधीन छ । ‘मनोहरा किनारको करिडोर र यसलाई जुन दिन जोड्न सकिन्छ,’ नेपालीले भने, ‘त्यो दिनबाट ट्राफिक जाम कम हुनेछ ।’ कोटेश्वरबाट जडीबुटीतर्फ (दायाँ) तीन लेन बराबरको ठाउँ रहनेछ । विमानस्थल (बायाँ) तर्फ एक लेनसहित चार लेन थपिनेछ । त्यसपछि सडक ८ लेनको बन्नेछ । सडक खण्डमा पर्ने टेलिफोन, बिजुलीका तार सबै भूमिगत गरिनेछ । ‘सबैतिर काम लाग्ने खालको नमुना कार्य गर्ने तयारीमा छौं,’ नेपालीले भने, ‘तार भूमिगत गर्ने विषयमा नेपाल टेलिकम र विद्युत् प्राधिकरणसँग सहकार्य भइरहेको छ ।’ फुटपाथ पनि अपांगमैत्री बनाइने र ग्रिनरी बेल्ट निर्माण गरिनेछ ।

सडकका बीचमा दुई–दुई लेनका डेडिकेटेड सडक रहने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिए । त्यहाँबाट सवारी सिधै वारपार गर्न सक्नेछन् । ‘यो सडक निर्माण भएपछि २० देखि २५ प्रतिशत ट्राफिक जाम कम हुनेछ,’ उनले भने, ‘त्यसैले सक्दो चाँडो सडक बनाउने गरी प्रक्रिया अघि बढाएका छौं ।’ विमानस्थलको जग्गा प्राप्त भएपछि त्यहाँ सुरक्षार्थ नेपाली सेनालाई सारिएको छ । ‘अल्पकालीन उपायका रूपमा तुरुन्तै गर्न सकिने काम हो, त्यसैले प्रक्रिया अघि बढाइएको हो,’ नेम्वाङले भने, ‘जापानी सहयोग नियोग (जाइका) ले पनि यो खण्डमा सुरुङ निर्माण गर्नेबारे अध्ययन गरिरहेको छ ।’ धेरै जाम भएपछि विकल्पका रूपमा सुरुङ निर्माण गर्ने योजना अघि सारिएको हो । सुरुङ निर्माण गर्न भने समय लाग्ने मन्त्रालयले जनाएको छ । कान्तिपुर दैनिक