१३ श्रावण २०८३, बुधबार
,
Latest
सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्जामन्त्री खड्काको दाबीः दश वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गर्दैछौँ



अ+ अ-

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले अबको दश वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले सरकारले अबको दश वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेकोले सोहीअनुरुप काम गरिरहेको बताउनु भयो । उहाँले आफूले मन्त्रालय सम्हाले यता १६ वटा जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रसारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमति पत्र दिइएको बताउनु भयो । उहाँले १४ वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत निर्माण अनुमति पत्र प्रदान गरेको समेत उल्लेख गर्नुभयो । उहाँले अहिले ९५० मेगावाट भारत निर्यात गरिरहेको बताउनु भयो । उहाँले सर्वेक्षणका आधारमा अबको दश वर्षमा १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक खपत गर्ने र बाँकी रहेको विद्युतको लागि समेत बजार सुनिश्चित भइसकेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यस अवधिमा विद्युत विकास विभागबाट १६ वटा जलविद्युत आयोजनाका सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रशारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमति पत्र, १४ वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत निर्माण अनुमति पत्र प्रदान गरिएको छ । सरकारको निर्णयअनुसार यस मन्त्रालयले १० वर्षको अवधिमा २८५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको छ । यसको बजार सुनिश्चित भइसकेको समेत म जानकारी गराउन चाहन्छु । हामीले अहिले ३४०० मेगावाट विद्युत उत्पादन गर्न सकेका छौं । अबको दश वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यको साथ काम गरिराखेको व्यहोरा जानकारी गराउन चाहान्छु । यसमा आन्तरिक खपत १३ हजार ५०० मेगावाट हुने लक्ष्य राखिएको छ । यो सर्वेक्षणकै आधारमा भएको हो । यसपटक हामीले सम्झौता गरेर ९५० मेगावाट विद्युत निर्यात गरिरहेको जानकारी गराउन चाहन्छु । दश वर्षको अवधीमा थप विद्युत उत्पादन गर्नको लागि ६२ खर्ब बराबरको पुँजी परिचालन हुने अनुमान गरिएको छ । यो लक्ष्य हेर्दा महत्वकांक्षी तर सम्भव भएको जस्तो देखिएको छ । भारत भ्रमणका क्रममा अन्तरदेशीय प्रशारणका रोकिएका कामहरु सुचारु गर्ने कुरा भएको छ ।’

उहाँले भारतसँग जोडिएका अन्तरदेशीय प्रशारण लाइन मर्मतको काम शुरु भइसकेको दाबी गर्नुभयो ।