२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.12

Wind: 1.54

Humidity: 60

Latest
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड चार घण्टा बन्द आलेख : वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै अछाम आगलागीमा २७ घर नष्ट कोशीदेखि लुम्बिनीसम्मका केही जिल्लामा पर्‍यो पानी, काठमाडौंमा आज पर्ला ? डिपोर्ट आदेशपछि अमेरिका नछाड्नेलाई दिनकै ९ सय ९८ डलर जरिवाना, तीन हजार नेपाली प्रभावित कन्सुलर महानिर्देशक बन्ने पहिलो महिला बनिन् द्रुपदा सापकोटा रवि जेल चलान भएपछि रास्वपाको सचिवालय बैठक आज, के गर्दैछ निर्णय ? वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्वपूर्ण: अर्थमन्त्री पौडेल सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्जामन्त्री खड्काको दाबीः दश वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गर्दैछौँ



अ+ अ-

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले अबको दश वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले सरकारले अबको दश वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेकोले सोहीअनुरुप काम गरिरहेको बताउनु भयो । उहाँले आफूले मन्त्रालय सम्हाले यता १६ वटा जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रसारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमति पत्र दिइएको बताउनु भयो । उहाँले १४ वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत निर्माण अनुमति पत्र प्रदान गरेको समेत उल्लेख गर्नुभयो । उहाँले अहिले ९५० मेगावाट भारत निर्यात गरिरहेको बताउनु भयो । उहाँले सर्वेक्षणका आधारमा अबको दश वर्षमा १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक खपत गर्ने र बाँकी रहेको विद्युतको लागि समेत बजार सुनिश्चित भइसकेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यस अवधिमा विद्युत विकास विभागबाट १६ वटा जलविद्युत आयोजनाका सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रशारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमति पत्र, १४ वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत निर्माण अनुमति पत्र प्रदान गरिएको छ । सरकारको निर्णयअनुसार यस मन्त्रालयले १० वर्षको अवधिमा २८५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको छ । यसको बजार सुनिश्चित भइसकेको समेत म जानकारी गराउन चाहन्छु । हामीले अहिले ३४०० मेगावाट विद्युत उत्पादन गर्न सकेका छौं । अबको दश वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यको साथ काम गरिराखेको व्यहोरा जानकारी गराउन चाहान्छु । यसमा आन्तरिक खपत १३ हजार ५०० मेगावाट हुने लक्ष्य राखिएको छ । यो सर्वेक्षणकै आधारमा भएको हो । यसपटक हामीले सम्झौता गरेर ९५० मेगावाट विद्युत निर्यात गरिरहेको जानकारी गराउन चाहन्छु । दश वर्षको अवधीमा थप विद्युत उत्पादन गर्नको लागि ६२ खर्ब बराबरको पुँजी परिचालन हुने अनुमान गरिएको छ । यो लक्ष्य हेर्दा महत्वकांक्षी तर सम्भव भएको जस्तो देखिएको छ । भारत भ्रमणका क्रममा अन्तरदेशीय प्रशारणका रोकिएका कामहरु सुचारु गर्ने कुरा भएको छ ।’

उहाँले भारतसँग जोडिएका अन्तरदेशीय प्रशारण लाइन मर्मतको काम शुरु भइसकेको दाबी गर्नुभयो ।