१३ श्रावण २०८३, बुधबार
,
Latest
बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद नै कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था अनिष्ठको संकेतः सांसद श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद विराजभक्त श्रेष्ठले संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन र कानून समयमै बन्न नसक्दा नागरिकमा नैराश्यता उत्पन्न भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकको विषेश समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो उहाँले । उहाँले कानून निर्माणको महत्वपूर्ण जिम्मेवार र दायित्व वहन गर्नुपर्ने संघीय संसदले नै कानून निर्माण गर्न नसेको फेहरिस्तसहित प्रतिवेदन बनाएर बस्नुपरेको बताउनु भयो । उहाँले संसद र संसदीय समिति आवश्यक कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु डरलाग्दो अनिष्ठको संकेत भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संघीयता कार्यान्वयनका लागि बन्नुपर्ने ऐनहरु समयमा बन्न नसकेको कारणले गर्दा राज्य व्यवस्थाप्रति नै नागरिकमा नैराश्यता उत्पन्न हुन पुगेको छ । कानून निर्माणको महत्वपूर्ण जिम्मेवार र दायित्व गर्नुपर्ने संघीय संसदले नै कानून निर्माण गर्न नसेको फेहरिस्तसहित प्रतिवेदन बस्नुपर्नेभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको प्रतिवेदनअनुसार बाध्यता आइपर्नु र आवश्यक कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु भनेको यो निश्चय पनि डरलाग्दो अनिष्ठको संकेत हो । यसलाई समयमै निराकरण नगर्ने हो भने संघीयता नै धरापमा पर्न जाने निश्चित छ । स्मरण रहोस् समयले अहिलेसम्म कसैलाई पर्खिएको छैन र पर्खिने पनि छैन ।’

उहाँले समयले कसैलाई पनि नपर्खिने हेक्का राख्दै कानून निर्मामाण तिब्रता दिनुपर्ने बताउनु भयो ।