एजेन्सी । क्यानडाको टोरन्टो विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । यो विमान दुर्घटनाको तस्विर र भिडियोहरु सार्वजनिक भएका छन्, जसबाट दुर्घटनाको परिमाणको अनुमान लगाउन सकिन्छ ।
अवतरणका क्रममा विमान नियन्त्रण बाहिर गएर पल्टियो । यति ठूलो दुर्घटना हुँदाहुँदै पनि यात्रु र चालक दलका सबै सदस्य सकुशल हुनु भाग्यको कुरा हो ।
दुर्घटनाका धेरै भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । भिडियोमा एक महिला यात्रु अवतरणपछि सिटमा उल्टो बसेको देखाइएको छ । वास्तवमा सिट बेल्ट लगाएका कारण विमान पल्टिँदा उनी लड्न सकिनन् तर विमान पल्टिँदा उनी उल्टो झुण्डिएकी थिइन् ।
महिलाले दुर्घटनाबाट बाँच्न पाएकोमा खुशी व्यक्त गर्दै भगवानलाई धन्यवाद दिएकी छन् । दुर्घटनाको स्मरण गर्दै अर्का एक यात्रुले दुर्घटनाका बेला चमेरा जस्तै विमानमा उल्टो झुण्डिएको बताए । उनले दुर्घटनाबाट बाँच्न पाएकोमा आफूलाई भाग्यमानी ठाने र दुर्घटनाबाट बाँचेपछि आफू यति खुसी भएको भन्दै छेउमा बसेका अपरिचित व्यक्तिलाई अँगालो हालेको बताए ।
धावनमार्गमा हिउँ परेपछि विमान चिप्लियो
डेल्टा एयरलाइन्सको विमान सोमबार दिउँसो अमेरिकाको मिनियापोलिसबाट क्यानडाको टोरन्टोस्थित पियर्सन विमानस्थलमा अवतरण गर्ने थियो तर धावनमार्गमा हिउँ परेका कारण अवतरणका क्रममा विमानका पाइलटले नियन्त्रण गुमाएपछि विमान धावनमार्गमा चिप्लिएर पल्टियो ।
दुर्घटनामा १७ जना घाइते भएका छन्, जसमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा एक बालक र एक वृद्ध र ४० वर्षका एक महिला रहेका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
हेर्नुहोस् दुर्घटनाग्रस्त विमानको तस्बिर:






















