२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई

अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
अ अ+ अ-

झापा। प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । च्याम्पियन बनेसँगै कनकाई नगरपालिकाले नगद रु तीन लाख पाएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सोमबार भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई ३–० गोलअन्तरले पराजित गर्दै कनकाई नगरपालिका च्याम्पियन बनेको हो । उपविजेता अर्जुनधारा नगरपालिकाले ट्रफीसहित नगद रु एक लाख ५० हजार पाएको छ ।

कनकाईको जितमा सिमन राई र पूर्णिमा राईले गोल गरेका हुन् । पहिलो हाफको सात मिनेटमै कनकाईकी सिमनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप दुई गोल भएको थियो । खेलको ५३औँ मिनेटमा कनकाईकी पूर्णिमाले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् । यसैगरी सिमनले ६०औँ मिनेटमा व्यक्तिगत दुई गोल तथा टिमका लागि तेस्रो गोल गरेकी हुन् ।

फाइनल खेलमा एक गोल गरेकी कनकाईकी पूर्णिमा प्लेयर अफ दी म्याच बन्दै नगद रु पाँच हजार पाउन सफल भइन् । कनकाईकी सुशीला चौधरी बेस्टकिपर, कप्तान खुमा राई बेस्ट डिफेन्ड र सिमन राई बेस्ट मिडफिल्डर भइन् । उनीहरुले जनही रु सात हजार पाए ।

यसैगरी अर्जुनधाराकी जेनिफ रानामगर सर्वोत्कृष्ट खेलाडी बन्दै नगद रु १५ हजार पाउन सफल भइन् । खेलमा सर्वाधिक १० गोल गरेकी जेनिफरले थप रु सात हजार र खेलप्रेमीबाट रु दुई हजार पाँच सय नगदसहित ट्रफी पाइन् । उनले एप्पल वाच पुरस्कार पनि पाइन् ।

यस्तै, अर्जुनधाराकी कुसुम खतिवडाले बेस्ट फरवार्डको उपाधिसहित नगद रु सात हजार पाइन् । विजेता तथा उपविजेता टिमलाई बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईँ, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखेल, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीलगायतले पुरस्कार प्रदान गरेका थिए । रासस