२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखको विकट बस्ती काँशिकाँधको गोर्तिमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना



अ+ अ-

दैलेख। भौगोलिक रूपमा दैलेख जिल्लाको अतिविकट मानिने उत्तरी क्षेत्रमा अवस्थित महावु गाउँपालिका- ५ काँशिकाँधको गोर्तिमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।

गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विकट पालिकाको पनि अतिविकट गोर्तिमा स्वास्थ्य एकाइ स्थापना गरेको हो । गाउँपालिकाले स्थानीयलाई लक्षित गरेर पालिकाका छ वडामध्ये सामुदायिक पाँच ठाउँमा स्वास्थ्य एकाइ स्थापना गरिसकिएको र क्रमशः सबै वडामा सेवा पुर्याउने महावु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताए ।

“हाम्रो गाउँपालिका भौगोलिक रूपमा विकट छ”, अध्यक्ष शाहीले भने, “यहाँका नागरिकलाई सामान्य स्वास्थ्योपचार पाउन मुस्किल छ । नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालेका छौँ ।”

गाउँपालिकामा वडास्तरीय चारवटा स्वास्थ्य चौकी र एक महावु गाउँपालिकाको ठूलो अस्पताल भए पनि भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष शाहीले बताए । “गाउँपालिकामा नागरिकलाई स्वास्थ्य सेवाको अति नै समस्या छ”, अध्यक्ष शाहीले भने,“भौगोलिक रूपमा निकै विकट क्षेत्र पनि छन् । जहाँबाट वडामा रहेको स्वास्थ्य चौकीमा पुग्न नै घण्टौँ हिँड्नुपर्ने अवस्था छ । नागरिकलाई सहज आधारभूत सेवा दिन हामीले पहल थालेका छौँ ।”

आफू दोस्रोपटक निर्वाचित भएर आएपछि पहिलो कार्यकालमा आफँैले सुरु गरेका स्वास्थ्य, शिक्षासँगै सडक, विद्युत्, पूर्वाधारलगायतका विकास पूरा गर्न पुनः योजनाबद्ध काम सुरु गरेको शाहीले बताए । ‘योजनाको प्राथमिकता निर्धारण गरेर योजनाबद्ध विकासमा ध्यान दिएको छु, विशेषगरी महावुलाई कृषिको हब बनाउने योजनामा लागेको छु,’ उनले भने ।

महावु गाउँपालिकाले वडा नं ५ का नागरिकलाई सहज रुपमा स्वास्थ्यसँगै आधारभूत सेवा पुर्याउन भूमिका खेलिरहेको वडाध्यक्ष दीपबहादुर शाहीले बताए । महिलाको स्वास्थ्यमा हुने समस्यालाई मध्यनजर गरेर पनि सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको उनको भनाइ छ । ‘वडा नं ५ मा हामीले सेवा प्रवाहमा सहजता थप्ने गरी काम गरेका छौँ । राज्यले दिएको सेवा सुविधा जनस्तरमा पुर्याउन लागिपरेका छौँ,’ उनले भने ।

आपत्कालीन अवस्थामा सामान्य प्राथमिक स्वास्थ्योपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको वडा नं ५ गोर्तिका स्थानीयवासी ठिमबहादुर बरालले बताए । सामान्य बाहेकका अन्य उपचार लिनका लागि दैलेख सदरमुकाम जानुपर्ने बाध्यता छ । “स्वास्थ्य एकाइ स्थापनाले सहज सेवा भएको छ”, उनले भने, “हामीले आधारभूत स्वास्थ्य सेवा पाउन नै कठिन थियो । सहरका अस्पताल पुग्न धेरै कठिन छ ।”

यहाँबाट गाउँपालिका गैङडावाज अस्पताल पुग्न पाँचदेखि छ घण्टासम्म लाग्छ । वर्षा सुरु भएपछि यातयात सेवा ठप्प हुन्छ । अब भने सामान्य स्वास्थ्योपचार र औषधि लिन अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको छ । रासस




भर्खरै