२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभाबाट भ्रष्टाचार निवारण विधेयक सर्वसम्मतिले पारित

प्रतिनिधिसभाबाट भ्रष्टाचार निवारण विधेयक सर्वसम्मतिले पारित
अ अ+ अ-

काठमाडौँ। भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रमेश लेखकले सभासमक्ष पेश गरेको विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो। सोही अवसरमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नागरिकको सुख, शान्ति तथा आर्थिक हित, समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्न र भ्रष्टाचार अन्त्य गर्न विधेयक ल्याउनुपरेको प्रष्ट पारे।

सांसदले ‘भ्रष्टाचारविरुद्ध सामाजिक जागरण’ शीर्षक राख्न सुझाव दिएका छन्। सांसद माधव सापकोटाले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकमा भ्रष्टाचारविरुद्ध ‘सामाजिक जागरण’ छुट्टै शीर्षक राख्नुपर्ने सुझाव दिए।

विधेयकमाथिको छलफलका क्रममा उनले पछिल्लो समय ‘भ्रष्टाचार संस्कार’का रूपमा विकास भएको उल्लेख गर्दै यसविरुद्ध सामाजिक जागरण गर्ने विषय विधेयकमा उल्लेख गर्नुपर्ने बताए।

सांसद प्रकाश ज्वालाले भ्रष्टाचारजस्तो राष्ट्र र जनताविरोधी जघन्य अपराध गर्ने कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए। यसतर्फ विधेयक केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

सांसद मेटमणि चौधरीले भ्रष्टाचार न्यूनीकरणमा नियम कानूनसँगै नियत नै ठीक हुनुपर्ने तर्क गरे। सांसद दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रमा भन्दा सरकारी क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्तेतर्फ विधेयक बढी लक्षित हुनुपर्ने सुझाव दिए।

सांसद सुमना श्रेष्ठ, किरणकुमार शाह, ठाकुरप्रसाद गैरे, अशोककुमार चौधरीले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नेगरी विधेयक बनाउनुपर्ने बताए। प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिनको १ बजे बस्नेछ। रासस