२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल प्रहरी विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

नेपाल प्रहरी विधेयक प्रतिनिधि सभाबाट स्वीकृत
अ अ+ अ-

काठमाडौं। नेपाल प्रहरी सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१’ प्रस्तुत गरेपछि छलफलमा सहभागी हुँदै सांसदहरूले विधेयकमा गृह प्रशासनमा प्रहरीको नियन्त्रणको अधिकार ल्याउन नहुने मत राखेका हुन्।

प्रस्तावित विधेयकमा प्रहरीको नियन्त्रण, परिचालन र सुपरिवेक्षण केन्द्रको हकमा गृह सचिव र जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको छ। यसले प्रहरीको चेन अफ कमान्ड प्रहरी प्रधान कार्यालयबाट निजामती प्रशासनमा जानेभन्दै प्रहरी प्रशासनबारे जानकार र पूर्व प्रहरी प्रमुखहरूले असहमति जनाइसकेका छन्।

अब सांसदहरूले यो विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्नेछन् । सांसदहरूको संशोधन प्रस्तावसहित विधेयकमाथि दफावार छलफल हुनेछ ।

यो विधेयक गृहमन्त्री रमेश लेखकले गत माघ २७ गते प्रतिनिधि सभामा दर्ता भएको थिया । सोमबार विधयकमाथि सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले अगाडि बढाएको हो ।