२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 1.54

Humidity: 24

Latest
हिमालको सरसफाईका लागि ‘रेष्ट अफ व्याग’ लाई अनिवार्य गरिनुपर्छः आङछिरिङ शेर्पा नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पदयात्रा सुनचाँदीको मूल्य घट्यो प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता हुने महासंघ र थाईल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर प्रधानमन्त्री ओलीलाई थाइल्यान्डमा विशेष सम्मान- फोटो फिचर ‘लाज शरणम्’मार्फत् कुपोषणविरुद्ध जागरण चलाएका विकासको कुपोषणकै कारण मृत्यु ! काठमाडौंको तीनकुने घटनामा संलग्न थप १८ जना पक्राऊ चैत्र नवरात्रिको आध्यात्मिक रहस्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओडिसा घटनाका सन्दर्भमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री



अ+ अ-

काठमाडौँ: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताउनुभएको छ ।

सो विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफू आज बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको बताउनुभएको हो ।

एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहनुभएका मन्त्री डा देउवाले यससम्बन्धी समाचार सामाजिक सञ्जाल तथा मिडियामा आएपछि यस विषयलाई गम्भीर रुपमा लिएर आज बिहानदेखि नै आफूले कूटनीतिक पहल सुरु गरेको जानकारी दिनुभयो ।

मन्त्री डा देउवाले उक्त घटनाका सन्दर्भमा आफू सम्बद्ध पक्षसँग आज बिहानैदेखि सम्पर्कमा रहेको र बिहान आफूले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीलाई परेको समस्याका बारेमा आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

सोही बमोजिम राजदूत डा शर्माले काम गरिरहनुभएको र केहीबेर अघि नेपाली राजदूताबास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको उहाँले बताउनुभयो ।

त्यसैगरी आजै अपराह्न आफूले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको र उहाँले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिनुभएको मन्त्री डा देउवाले बताउनुभयो ।

यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको र पछिल्लो अवस्थाका बारेमा जानकारी गराउने पनि मन्त्री डा देउवाले बताउनुभएको छ ।