८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्टपोललाई लोयल्टी कप



अ+ अ-

काठमाडौं। इस्टपोलले १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा इस्टपोलले लिटिल एन्जल्सलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । लिटिल एन्जल्स २०७४, २०७५ र २०७६ सालमा भएको प्रतियोगिताको उपाधि विजेता हो ।

निर्धारित समयमा आत्मघाती गोलमा इस्पोटले १–० गोलको सुरुआती अग्रता लिएको थियो । लिटिल एन्जल्सका आयुश थापाले गोल फर्काएपछि खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुटआउटमा इस्टपोलका छेवाङ लामा, सुमित कार्की र रुजन तामाङले गोल गरे । लिटिल एन्जल्सबाट विज्ञानराज भण्डारी मात्र गोल गर्न सफल भए ।

प्रतियोगितामा लिटिल एन्जल्सका विज्ञानराज भण्डारी उत्कृष्ट फर्वाड, चेल्सी वल्र्ड स्कुलका सुवास तामाङ उत्कृष्ट डिफेन्डर, लोयल्टीका उसुम थापा उत्कृष्ट मिडफिल्डर, इस्टपोलका विवस थिङ उत्कृष्ट गोलरक्षक र इस्टपोलका सुदर्शन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए ।

प्रतियोगिता अवधिभर १४ गोल गरेका लिटिल एन्जल्सका आयुश थापा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । गेट्वे एकेडेमीले उनुशासित टिमको ट्रफी हात पार्यो । विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, लोयल्टी विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीराम क्षेत्री, लोयल्टीका प्रिन्सिपल विरेन्द्र कुरुम्वाङ, लोयल्टी भाइस प्रिन्सिपल हरि दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चारदिने प्रतियोगितामा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको लोयल्टीका इसीए इन्चार्ज ग्याल्जेन शेर्पाले जनाएका छन् ।