६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य जहाज दुर्घटनाका पीडितले न्यायका लागि संसद गुहारे



अ+ अ-

काठमाडौँ ।सौर्य एयरलाईन्स दुर्घटनाका पीडित परिवारले न्यायका लागि संसद गुहारेका छन् ।

घटना भएको चार महिना बितिसक्दा पनि न्याय नपाएको भन्दैै पीडित परिवारको तर्फबाट पत्रकार प्रकाश खतिवडाले बुधबार संसद सचिवालयको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उजुरी दर्ता गराएका हुन ।
समितिका सभापति राजकिशोर यादव समक्ष लिखित उजुरी प्रस्तुत गदै खतिवडाले कानूनले दिएको अधिकार प्रयोग गरी सौर्य एयरलाईन्स, नेपाल नागरि उड्यन प्राधिकरण, प्रभु इन्सुरेन्स, नेपाल विमा प्रधिकरण, माननीय सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीज्यूको नीजि सचिवालय र सम्माननीय प्रधानमन्त्रीको नीजि सचिवालयमा लिखित आवेदन गरेको र कुनै पनि निकायले उत्तरदायित्व बहन नगरेपछि संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितीलाई गुहार्न बाध्य भएको उजुरीपत्रमा उल्लेख गरेका छन् ।

खतिवडाले उजुरीमा सौर्य जाहाज दुर्घटनाको मुख्य कारण एयरलाईन्स व्यवस्थापन पक्षकोे जानाजान लापरवाहि, प्राबिधिक त्रुटि र मानवीय कमजारी रहेको जनाउदै अठारजनाको नरसंघार भएको सौर्य जहाजको घटनाका दोषिलाई कारवाहि गर्न माँग गरेका छन् । उजुरीमा सौर्य एयरलाईन्सको व्यवस्थापन पक्षले १२ वर्ष देखि उर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडालाइ फर्जी कागजात तयार गरी एयरलाईन्सको कर्मचारी बनाएर गैरकानूनी हर्कत गरेको दावी गरेका छन् ।

उजुरीमा दुर्घटनाग्रस्त उक्त जहाजको उडान नै गैरकानुनी भएको, सरकारी जाँच आयोग बिधि मिचेर बनाइएको, प्रारम्भिक प्रतिवेदन समेत नियोजित रहेकोले गैर सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ को नियम २३ बमोजिम निष्पक्ष आयोग गठन गरि घटनाको पुन: जाँच गर्न गराउन खतिवडाले माँग गरेका छन् ।

उजुरीपत्र बुझदै समितिका सभापति राजकिशोर यादवले खतिवडाको उजुरीलाई समितिको बैठकमा राखेर पीडितलाई न्याय दिलाउन पहल गरिने बताए ।

सौर्य एयरलाईन्सको जहाज गत साउन ९ गते त्रिभुवन अन्तराट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा खतिवडाको छोरी ज्वाई र नाति सहित १८ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा पाईलट मनिस शाक्य भने बाच्न सफल भएका थिए ।