९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनमै ‘छावा’ले कमायो १२१ करोड



अ+ अ-

एजेन्सी । विक्की कौशल हिन्दी सिनेमाका भर्सटाइल अभिनेता हुन् । कुनै समय फिल्ममा साइड रोल गर्ने विक्की अहिले सुपरस्टार बनेका छन् । अहिले उनी चलचित्र ‘छावा’ को कारण चर्चामा छन् ।

यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्दै अभिनेताको लागि नयाँ कीर्तिमान बनाएको छ ।

चलचित्र छावा विक्की कौशलको करियरमा कोसेढुङ्गा साबित भएको छ । यो फिल्मले रिलिजको पहिलो तीन दिनमै बक्स अफिसमा सय करोडभन्दा बढीको व्यापार गरेर इतिहास रचेको छ ।

विक्कीको कुनै पनि चलचित्रले ओपनिङ वीकेन्डमा यति धेरै कलेक्सन गरेको यो पहिलो पटक हो र रिलिजको पहिलो दिन ३३ करोडको सबैभन्दा बढी व्यापार गरेको हो ।

रश्मिका मन्दना, आशुतोष राणा र दिव्या दत्तजस्ता कलाकारको अभिनय रहेको फिल्म ‘छावा’ले शनिबार अर्थात् रिलिजको दोस्रो दिन ३९.३० करोडको कलेक्सन गरेको थियो ।

रिलिजको तेस्रो दिन आइतबार फिल्मले ४९.३ करोड कमाई गर्दै तीन दिनमा फिल्मको कुल कलेक्सन १२१.४३ करोड पुगेको छ ।