९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा दिनदिनै बढ्दै कोरोनाका संक्रमित, थपिए ८६ हजार सङ्क्रमित



अ+ अ-

काठमाडौ । कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । 

योसँगै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको अधिकारीहरुको भनाई छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४० लाख २३ हजार १७९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या ६९ हजार ५६१ पुगेको छ । ती मध्ये एक हजार ८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित भएकाहरु मध्ये ३१ लाख सात हजार २२३ जना अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । 

त्यसैगरी अरु आठ लाख ८६ हजार ३९५ जना भने अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म देशभरी चार करोड ७७ लाख जनाको कोरोना परीक्षण गरिएको छ भने परीक्षणको क्रम अझै पनि जारी नै रहेको छ ।