२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा दिनदिनै बढ्दै कोरोनाका संक्रमित, थपिए ८६ हजार सङ्क्रमित



अ+ अ-

काठमाडौ । कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । 

योसँगै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको अधिकारीहरुको भनाई छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४० लाख २३ हजार १७९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या ६९ हजार ५६१ पुगेको छ । ती मध्ये एक हजार ८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित भएकाहरु मध्ये ३१ लाख सात हजार २२३ जना अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । 

त्यसैगरी अरु आठ लाख ८६ हजार ३९५ जना भने अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म देशभरी चार करोड ७७ लाख जनाको कोरोना परीक्षण गरिएको छ भने परीक्षणको क्रम अझै पनि जारी नै रहेको छ ।