१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ पहिरोमा हराएका २४ मध्ये एकको शव भेटियो



अ+ अ-

बागलुङ । गत बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोख्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको हो ।

बीभत्स शवको उमेर अन्दाज गर्नसमेत कठिन रहेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । पहिरामा २३ जना अझै हराइरहेका छन् । हराएकामा १५ दिने शिशुदेखि वयोवृद्धसमेत छन् । मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ । एक जनाको शव सनाखत हुन बाँकी छ । भुजीखोलामा फेला परेको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ । प्रहरीले हराएकाको खोजी जारी राखेको छ । आज पनि बिहानदेखि खोजी शुरु भएको छ ।