२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा प्रति सांसद शाहीको आक्रोश: हरुवा चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो !



अ+ अ-

काठमाडौं। राष्ट्रियसभाको बैठकले आफू बिरुद्ध खेद प्रस्ताब पारित गरेपछि प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रियसभा सदस्य प्रति पुन कटाक्ष गर्नुभएको छ ।

सभाको आजको बैठकले शाहीले राष्ट्रियसभाको कामकारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक पेजमा व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर खेद प्रकट गरेको थियो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शाहीले सभाको कामकारबाही र सभाका सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकोप्रति खेद प्रकट गर्नुभएको हो ।

राष्ट्रिय सभाका सदस्यहरुको निर्णय पछि शाहीले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

वृद्धा आश्रमलाई के बाल आश्रम भन्नु त?

( चुनाव हारेका हरुवा चरुवा लाई भर्ती गर्ने केन्द्र राष्ट्रिय सभा बनाएपछि हामीले हरुवा चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू?

मेरा विरुद्धमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुहोस् । हरुवा, चरुवा वृद्राश्रममा जाने बाजे बजैलाई घरमा गएर आफ्ना नाति नतिनालाई खेलाएर बस्न भन्नुहोस्। तर राष्ट्रिय सभालाई हामी युवाहरुको र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।

राष्ट्रियसभाको आजको शून्य समय र विशेष समयमा प्रतिनिधिसभाका सदस्य शाहीले राष्ट्रियसभाको कामकारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक पेजमा व्यक्त गर्नुभएको टिप्पणीको सम्बन्धमा सभाको ध्यानाकर्षण गराइएको थियो ।