१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

फ्रेड्रिक मेर्जः जर्मन चान्सलरको पद नजिक पुगेका कन्जरभेटिभ

फ्रेड्रिक मेर्जः जर्मन चान्सलरको पद नजिक पुगेका कन्जरभेटिभ
The leader and top candidate for chancellor of Germany's Christian Democratic Union (CDU) Friedrich Merz speaks during a panel discussion at the 61st Munich Security Conference (MSC) in Munich, southern Germany on February 15, 2025. (Photo by THOMAS KIENZLE / AFP)
अ अ+ अ-

एजेन्सी । जर्मनीको अर्को चान्सलर बन्ने अपेक्षा गरिएका फ्रेड्रिक मेर्जले आफ्नो क्रिश्चियन डेमोक्रेट पार्टीको कन्जरभेटिभ जरामा फर्केर व्यवसायलाई सहयोग गर्दै र आप्रवासनमा कडाइ गर्दै युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा शासन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मध्यमार्गी पूर्व चान्सलर एन्जेला मर्केलको लामो समयदेखि सिडियु पार्टीको प्रतिद्वन्द्वी मेर्जले उहाँको खुला द्वार आप्रवासी नीतिको आलोचना गर्नुभएको छ र संसद्मा यस विवादास्पद मुद्दामा दक्षिणपन्थी एएफडीको समर्थन स्वीकार गरेर उहाँको आक्रोश बेहोर्नुभएको छ ।

उन्सत्तरी वर्षीय कानून व्यवसायी मेर्जसँग बलियो व्यावसायिक पृष्ठभूमि छ । लगानी कोष ब्ल्याकरक र धेरै कर्पोरेट बोर्डहरूमा काम गरेर उहाँ करोडपति बन्नुभएको छ तर उहाँले कहिल्यै सरकारी नेतृत्वको पद सम्हाल्नुभएको छैन ।

यद्यपि यी जुझारु वक्ताले राजनेता जस्तो व्यक्तित्व प्रस्तुत गर्न खोज्नुभएको छ र ‘अनुमानित रूपमा अप्रत्याशित’ भनी बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यवहार गर्न सक्षम भएको विश्वास व्यक्त गर्नुभएको छ ।

वामपन्थी चान्सलर ओलाफ स्कोल्जको त्रिपक्षीय गठबन्धन असफल भएको बेला विपक्षी सिडियु÷सिएसयु गठबन्धनको नेताका रूपमा मेर्जले बाहिरन लागेको ‘हरित–वाम’ सरकारमाथि कडा आलोचना गर्नुभएको छ ।

व्यक्तिगत स्वीकृति दर न्यून भए पनि सर्वेक्षणहरूले लामो समयदेखि स्कोल्जलाई हटाउन र जर्मनीका लागि ‘तीन खेर गएका वर्षहरू’ भनेको अन्त्य गर्न मेर्जले बलियो दाबेदारको रूपमा घोषणा गर्नुभएको छ ।

गत हप्ता संसद्मा मेर्जले स्कोल्ज र उहाँका सहयोगीहरूलाई कम्पनी दिवालिया बनाएर पनि आफ्नो सम्झौता चार वर्ष थप्न माग्ने व्यवसाय प्रबन्धकहरूसँग तुलना गर्नुभयो ।

“तपाईंलाई थाहा छ मालिकहरूले हाँस्न छोडेपछि के भन्थे रु” मेर्जले व्यङ्ग्यात्मक रूपमा सोध्नुभयो, “उनीहरूले तपाईंलाई विनम्रतापूर्वक कम्पनी छोड्न अनुरोध गर्थे । सामान्य जीवनमा यस्तै हुन्छ ।”

मेर्जको चुनावी वाचा बिग्रँदो अर्थतन्त्रलाई पुनर्जीवित गर्नु र ‘फेरि गर्व गर्न सकिने जर्मनी’ का लागि बर्लिनको अन्तर्राष्ट्रिय भूमिका पुनर्निर्माण गर्नु रहेको छ ।

शून्य सहनशीलता

उहाँका कडा प्रस्तावहरू मध्ये शरण खोजे पनि कागजातविहीन आप्रवासीहरूलाई जर्मन सीमाबाट रोक्ने योजना छ । यो कानूनी अधिकार हो । साथै प्रस्तावमा निर्वासनको प्रतीक्षामा रहेकाहरूलाई हिरासतमा राख्ने योजनासमेत छ ।।

मेर्जले विगतमा मुस्लिम आप्रवासीका छोराहरूलाई ‘साना पाशाहरू’ भन्नुभएको थियो र केही युक्रेनी युद्ध शरणार्थीहरूलाई ‘सामाजिक कल्याण पर्यटन’ को आरोप लगाउनुभएको थियो । पछि उहाँले माफी माग्नु परेको थियो ।

लामो समयदेखिको मान्यता तोड्दै अति–दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी)को समर्थनमा आफ्नो आप्रवासन कडाइको प्रस्ताव पारित गरेपछि गत महिना मेर्जले संसद्मा ठूलो हलचल मच्चाउनुभयो र सडक प्रदर्शनको लहर ल्याउनुभयो ।

दक्षिणपन्थी मोडका अन्य सङ्केतहरूमा मेर्जले ‘शून्य सहनशीलता’ कानून र व्यवस्था अभियान, गाँजा वैधानिकता उल्ट्याउने, ‘वोक’ नीतिहरू र लैङ्गिक–संवेदनशील भाषा सीमित गर्ने र आणविक ऊर्जामा फर्कने अध्ययन गर्ने वाचा गर्नुभएको छ ।

यी सबैले एएफडीबाट मतदाताहरूलाई फर्काउने मेर्जको तर्क छ ।

तर यदि उहाँले जित्नुभयो भने गठबन्धन साझेदार खोज्दा सम्भवतः स्कोल्जको सोसल डेमोक्रेटसँग केही नीतिहरू नरम बनाउनु पर्ने हुनसक्छ ।

स्कोल्जले आफ्ना प्रतिद्वन्द्वीलाई ‘चिडचिडाहट व्यक्ति’ का रूपमा चित्रण गर्न खोज्नुभएको छ र एएफडीसँगको उहाँको सम्बन्धले एक दिन उहाँले अति–दक्षिणपन्थी पार्टीसँग शासन गर्ने सङ्केत गरेको आरोप लगाउनुभएको छ । उक्त आरोपलाई मेर्जले कडा रूपमा अस्वीकार गर्नुभएको छ ।

समाचार पत्रिका डेर स्पिगेलले मेर्जलाई द्वन्द्वलाई व्यक्तिगत रूपमा लिने र कहिलेकाहीँ रिसको आवेगमा आउनुहुने बताएको छ ।