१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत थालियो

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत थालियो
बिपी राजमार्ग/फाइल फोटो
अ अ+ अ-

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको मर्मत थालिएको जनाएको हो ।

हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानो अवस्थालाई हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाई बनाउने तथा अप्ठेरो भएका स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर सुमन योगेशले बताउनुभयो ।

आगामी वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ नहोस् भन्ने उद्देश्यले क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर रोशी खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम थालिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किमी मर्मत गरिनेछ भने बाँकीको योजना बनाइनेछ ।

विभागद्वारा उपकरण तथा जनशक्ति परिचालन गरी हाल क्षतिग्रस्त १४ स्थानमा सडक मर्मत थालिएको जनाइएको छ । “सरकारद्वारा स्रोत सुनिश्चितताको प्रक्रिया पनि भइरहेकाले स्थायी रूपमा सडक पुनःनिर्माण अघि हाल बिपी राजमार्गलाई प्राथमिकतामा राखेर मर्मत थालिएको हो”, योगेशले भन्नुभयो । उहाँका अनुसार आउँदो वर्षायाममा यातायात अवरुद्ध हुन नदिने लक्ष्यका साथ मर्मत सुरु भएको हो । योगेशले भन्नुभयो, “मर्मतलाई तीव्रता दिनुपर्ने भए रातको समयमा पनि काम गर्न सकिन्छ ।”

साताअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, भक्तपुर डिभिजनका अधिकारीको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा मन्त्री दाहालले सो राजमार्ग मर्मत तथा पुनःनिर्माणमा स्रोत सुनिश्चितताको तयारी भइरहेको बताउनुभएको थियो । उहाँले शुक्रबार मन्त्रालयको दुई सय दिनका उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समेत गत असोजको बाढीबाट क्षति पुगेको बिपी राजमार्ग आगामी वर्षायाममा निरन्तर सञ्चालन हुनेगरी काम भइरहेको जानकारी गराउनुभएको थियो ।

मन्त्री दाहालले स्रोतको अभावका कारण क्षतिग्रस्त उक्त राजमार्गको पुनः निर्माणमा ढिलाइ भए पनि आउँदो वर्षामासमेत सडक सञ्चालन गर्न सकिने गरी अस्थायी संरचना बनिरहेको बताउनुभयो । राजमार्गको पुरानो रेखाङ्कन र स्वरुप परिवर्तन गर्नुपर्ने भएकाले पुनःनिर्माणका क्रममा नीतिगत समस्या र स्रोतको अभाव भएको उहाँको भनाइ थियो ।

यसैबीच कार्यालयद्वारा गत पुसमा गरिएको अध्ययनले क्षतिग्रस्त सडक पुनःनिर्माण गर्न करिब रु नौ अर्ब ५० करोड बढी लाग्ने देखाएको थियो । प्रारम्भिक अध्ययनअनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनःनिर्माण गर्न रु नौ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको हो

उक्त सडकमा तीन किसिमका वाल (आरसिसी रिटेनिङ, प्लम र गेभिएन) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ । “अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिएको छ । तर पहिला पुल बनाउने कि, वाल भन्नेबारे थप छलफलपछि निष्कर्ष निस्कनेछ”, इञ्जिनीयर योगेशले भन्नुभयो । उहाँका अनुसार खोला आउन सक्ने ठाउँमा आरसिसी वाल लगाउनुपर्ने देखिएको छ, भने कतै प्लम वाल र कतै गेभिएन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ ।

पुनर्निर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित दुई लेनको सडक निर्माण हुने यागेशले बताउनुभयो । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक)निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

तत्कालीन अवस्थामा २६ विलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक विलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको थियो । केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग बाढीपहिरोले क्षति पु¥याएपछि कतै एकतर्फी, कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको छ ।