१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

कृषि उपकरणमा विदेशकै भर, आयातित उपकरणको प्रचार गर्दै व्यवसायी

कृषि उपकरणमा विदेशकै भर, आयातित उपकरणको प्रचार गर्दै व्यवसायी
अ अ+ अ-

काठमाडौँ । काठमाडौंमा जारी ‘सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ आईतवार सम्पन्न हुँदैछ ।

शुक्रवारदेखि जारी कृषि मेलाले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम् प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । मेलाले कृषिमा प्रविधिको प्रयोगलाई बढावा दिने कृषि व्यवसायीको विश्वास छ । कृषि उपकरणको प्रचार प्रसारका लागि मेलामा स्वदेशी तथा विदेशी कृषि उपकरण कम्पनीहरुले स्टल राखेका छन् । मेलाले नेपालमा भएको कृषिसम्बन्धी सेवा र वस्तुलाई निर्यात गर्न मद्दत पुर्याउने र विदेशबाट गुणस्तरीय कृषि उपकरण आयात गर्ने उनीहरुको विश्वास छ ।

कृषि मेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भएका विजनेसहरुलाई एक,अर्कामा आदानप्रदान गर्ने रुपमा बुझेको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका नायव महाप्रवन्धक रामशरण तिमल्सिनाले बताउनु भयो । उहाँले नेपालमा रहेको वस्तु तथा सेवालाई निर्यात गर्न तथा नेपाललाई आवश्यक कृषि उपकरण आयात गर्न सकियोस् भनेर मेलामा जोडिएको बताउनु भयो । कृषि उपकरण व्यवसायीहरुले गरिरहेका कामहरुबारे सरकारी तथा गैरसरकारी संस्थाहरुलाई देखाउने यो उत्तम विकल्प भएको समेत उहाँको भनाइ छ । उहाँले कृषिसम्बन्धी कुनैपनि उपकरण र कृषि व्यवसायको योजना बनाउनका लागि मुक्तिनाथ कृषि उपयुक्त भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘एग्रिटेक एक्सपोलाई ‘बि टू बि’का माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भएका विजनेसहरुलाई एकअर्कामा आदानप्रदान गर्ने रुपमा बुझेका छौं । त्यकारण हामीसँग भएको वस्तु तथा सेवालाई बाहिरका कम्पनीहरुसँग एप्रोच गर्न सकियोस् र हामीलाई चाहिने वस्तु तथा सेवालाई बाहिरका कम्पनीहरुबाट लिन सकियोस् भन्ने पहिलो उद्देश्य रह्यो । दोस्रो, सरकारी गैरसरकारी निकायहरुलाई हामीले के गरिरहेका छौं भन्ने विषयवस्तु देखाउनका लागि पनि यो प्लेटफर्म उपयुक्त हुन्छ भनेर हामी यहाँ उपस्थित भएका छौं । तेस्रो यदि कसैले कृषिसम्बन्धी व्यवसाय गर्न चाहनुभएको छ भने मुक्तिनाथ कृषि कम्पनीछ भनेर प्रदर्शन गर्न आएका छौं । अर्को महत्वपूर्ण कुरा जतिपनि किसान र उपभोक्ताले यदि केही गर्न चाहानुहुन्छ भने त्यसका लागि योजना मुक्तिनाथ कृषि कम्पनीसँग छ भनेर प्रचार गर्नको लागि हामी यहाँ सहभागि भएका छौं ।’

बाँकेको नेपालगञ्जमा कृषि सोलुसन नामक कम्पनी चलाउँदै आउनुभएकी पार्वती घिमिरेले नेपालमा कृषि यन्त्रको उपकरणको प्रयोग बढ्दै गएको बताउनु भयो । उहाँले युवाहरु विदेश पलायन हुँदा गाउँ कृषि प्रयोगका उपकरणहरुको प्रयोग बढेको उहाँको भनाइ छ । उहाँले नेपालमा कृषि उपकरण उत्पादन नहुने भएका कारण विदशकै भर पर्नुपरेको बताउनु भयो । कृषि उपकरणको माग बढेको भएपनि उत्पादन नहुँदा चीन र भारतबाट उपकरण आयात गरेर बेच्ने गरेको उहाँले बताउनु भयो । चीन र भारतबाट आयातित गुणस्तरीय वस्तुको प्रचार प्रसारका लागि मेलामा सहभागि भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले नेपालमा कृषि उपकरणको एकदमै बढ्दो माग छ । देशको स्थिति देखि नै रहनु भएको छ । सबै युवाहरु पलायन भइसकेको अवस्था छ । त्यसकारण गाउँमा खेतिपाती गर्ने मान्छेहरु एकदमै कम छ । प्रविधि बिना कृषिमा अगाडि बढ्न सकिदैन भन्ने धारणा सबैको भइनै सकेको अवस्था पनि छ । त्यसकारण अहिले कृषि उपकरणको माग बढी नै छ । अहिले तराई क्षेत्रको कुरा गर्दा पावर टिलर, मिनि टिलरर टेक्टरहरु आएको छ । ठूलो टेक्टरहरु र हाइड्रोहरु यी उपकरणहरु त पहिलेदेखि नै थिए । अहिले थोरै पैसामा समेत उपकरणहरु आएको छ । टूल्सहरु अहिले नेपालमा उत्पादन हँुदैनन् । हामीले ल्याउने बाहिरबाट नै हो । हामी पनि बाहिरबाटै ल्याएर विक्री वितरण गरिरहेका छौं अहिले । हामीले नयाँ ब्राण्डहरु ल्याएका छौं त्यसकै प्रचार प्रसार होस् भनेर यहाँ ल्याएका छौं ।’

जर्मनी स्टिल कम्पनीका नेपाली वितरक कुमार शाक्यले रुख काट्ने मेसिनको माग बढ्दो भएपनि अन्य उपकरणहरु माग सोेचेजति नभएको बताउनु भयो । उहाँले मेलाको माध्यमबाट कृषिलाई गुणस्तरीय कृषि उपकरणको व्यवस्था गरी किसानले भोग्दै आएका समस्याहरु समाधान गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताउनु भयो । उहाँले पहिले चिनियाँ कम्पनीसँग सहकार्य गर्दै आएको भएपनि कम गुणस्तरको सामान पठाउने गरेको कारण जर्मनी कम्पनीसँग सहकार्य गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो हाम्रो जर्मनी कम्पनी हो । पहिले म कृषिसम्बन्धी चिनियाँ उपकरणहरु ल्याएर बेच्थेँ । त्यो अलिकति ड्यरेबल भएको जस्तो लागे मलाई बजारमा माग प्रतिष्पर्धा बढेसँगै उसले गुणस्तर घटाइदिन्छ । त्यसकारण मेले कृषकले लगानी गरिसकेपछि उपले बेनिफिट पाओस् भनेर राम्रो क्वालिटीको सामान चाहिने भएको कारण म जर्मनीको स्टिल कम्पनीमा आवद्ध हुन पुगेँ । रुख काट्ने मेसिनका लागि किसानहरु खोजि खोजि आउँछन् । हाम्रो अरु उत्पादन खासै गएन । किसानले किनेका चिनियाँ सामानहरु बिग्रिएर हैरानी हुने भएको कारण मैले जर्मनी ब्राण्डको कृषि औजारहरु देखाउन र प्रचार प्रसार गर्नको लागि यहाँ सहभागि भएको हो ।’

एक्सपोमा कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई भैँसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेरिनरी, खाद्य प्रविधिबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । मुख्य प्रदर्शनी स्थलमा सबै विधाका अलग–अलग समूह स्टल रहने र प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको छ ।