५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दाः न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालतको अवहेलना सम्बन्धी निवेदनमा आज पेसी तोकिएको छ ।

उक्त मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

गिरीबन्धु टी इस्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए । उनले प्रधानमन्त्रीलाई पदमुक्त गर्न समेत रिट निवेदनमा माग गरेका छन् ।

गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको अर्यालको भनाई छ । उनले प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारी लगायतलाई विपक्षी बनाएका छन् ।