२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाको प्रहरी ब्यारेकमा एकजना सइ मृत भेटिए



अ+ अ-

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी ब्यारेकमा एक जना प्रहरी नायब निरीक्षक (सइ) मृत भेटिएका छन‍् ।

भोजपुर टेम्केमैयुङ गाउँपालिका-४ घर भई हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका -७ बस्ने जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ४९ वर्षीय सइ धनराज खतिवडा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनी ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीको टंकीमा जाने फलामको भर्‍याङमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत अवस्थामा पेला परेका प्रहरीले जनाएको छ ।

यसबारे मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाईएको सूचना अधिकारी विजय चौहानले जानकारी दिए । यस घटनामा थप अनुसन्धान भईरहेको छ ।