२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.96

Wind: 1.03

Humidity: 77

Latest
राजसंस्थाको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिक जुलियनलाई आज देश निकाला गरिँदै आकृतिको अध्यक्षतामा अमेरिकाको रकी माउन्टेन संस्थाको नयाँ कार्यसमिति चयन गायक प्रकाश सपुतको अनुभव : ‘२०८१ सालमा जहाँबाट उठेको थिएँ, त्यहिँ पछारिएँ’ उद्घाटन खेलमा छिन्नमस्ता रुपनी र कोसी दुहबीले प्रतिस्पर्धा गर्ने अस्थायी र करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल सुनसरीमा गोली प्रहार, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैयक्तिक गोपनियताको संरक्षण चुनौतिपूर्णः प्रधानन्यायाधीश राउत



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पारदर्शिता, सूचनाको हकको प्रत्याभुति र वैयक्तिक गोपनियताको संरक्षण चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सीमान्तकृत समुदायको हित र अल्पसंख्यक एवं लोपोन्मुख सम्प्रदायको नैसर्गिक हकको संरक्षणमा राज्य र गैरराज्य संस्थाहरुको क्रियाशिलता पनि अपरिहार्य रहेको बतउनु भयो ।

उहाँले व्यक्तिको असंलग्नतामा प्रविधिबाट हुने मानव अधिकारको उल्लंघनका कार्यमा कानूनी एवं न्यायिक उपचारलाई मार्ग प्रशस्त गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले सूचनामा अवैध पहुँचको नियन्त्रण र सूचनामा सुरक्षा तथा उपयुक्त प्रयोगलाई राज्यका कानूनले सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । मानव जीवनसँग सम्बन्धित प्राकृतिक श्रोतको प्रयोग र संरक्षण, संकटापन्न वन्यजन्तुको संरक्षण, आदिवासी समुदायको सांस्कृतिक अधिकारको प्रत्याभुति र वृहत्तर सार्वजनिक महत्वको विकास परियोजनाको समुचित सन्तुलनमा कानूनी संयन्त्रहरुको रचनात्मक भुमिकाको खोजि भइरहेको बताउनु भयो । समयानुकुल मानव अधिकरको सवालहरुमा आजको कानून एवं न्यायिक दक्ष जनशक्तिको भुमिका अपेक्षित रहेको बताउनु भयो ।

प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘सीमान्तकृत समुदायको हित र अल्पसंख्यक एवं लोपोन्मुख सम्प्रदायको नैसर्गिक हकको संरक्षणमा राज्य र गैरराज्य संस्थाहरुको क्रियाशिलता पनि अपरिहार्य देखिन्छ । पारदर्शिता, सूचनाको हकको प्रत्याभुति र वैयक्तिक गोपनियताको संरक्षणको संकलन बडो चुनौतिपूर्ण छ । व्यक्तिको असंलग्नतामा प्रविधिबाट हुने मानव अधिकारको उल्लंघनका कार्यमा कानूनी एवं न्यायिक उपचारलाई मार्ग प्रशस्त गर्नुपर्ने अवस्था छ । सूचनामा अवैध पहुँचको नियन्त्रण र सूचनामा सुरक्षा तथा उपयुक्त प्रयोगलाई राज्यका कानूनले सम्बोधन गर्नुपर्ने आवश्यकता समेत छ । मानव जीवनसँग सम्बन्धित प्राकृतिक श्रोतको प्रयोग र संरक्षण, संकटापन्न वन्यजन्तुको संरक्षण, आदिवासी समुदायको सांस्कृतिक अधिकारको प्रत्याभुति र वृहत्तर सार्वजनिक महत्वको विकास परियोजनाको समुचित सन्तुलनमा कानूनी संयन्त्रहरुको रचनात्मक भुमिकाको खोजि भइरहेको देखिन्छ । तसर्थ समयानुकुल मानव अधिकरको सवालहरुमा आजको कानून एवं न्यायिक दक्ष जनशक्तिको भुमिका अपेक्षित छ ।’

प्रधानन्यायाधीश राउतले वातावरणीय स्वच्छता र पर्यावरणीय सन्तुलन वातावरण संरक्षणको आधारभुत पक्ष भएपनि जलवायु परिवर्तनको चुनौतिलाई सम्बोधन गर्नुपर्ने अवस्थाले गर्दा अल्पविकसित, विकासोन्मुख र विकसित राष्ट्रहरुले चिन्ता र चासो दिनुपर्ने बताउनु भयो । वातावरणीय न्यायको सन्दर्भमा नेपालको न्यायपालिकाले विगतदेखि नै प्रभावकारी भुमिका निर्वाह गर्दै आएको बताउनु भयो । सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा विधायिकी प्रवन्धका क्षेत्रहरु धेरै रहेको बताउनु भयो । सामाजिक चुनौतिहरु समय सापेक्ष हुने पनि बताउनु भयो ।