१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

भृकुटीमण्डपमा जारी कृषिसम्बन्धी प्रदर्शनीः किसान तथा कृषि उद्यमीका लागि अवसर

भृकुटीमण्डपमा जारी कृषिसम्बन्धी प्रदर्शनीः किसान तथा कृषि उद्यमीका लागि अवसर
अ अ+ अ-

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोमा कृषि उद्यमी तथा व्यवसायी खुशी देखिएका छन् ।

शुक्रवारदेखि जारी एक्स्पोमा विभिन्न स्टलमार्फत आफ्ना उत्पादनले बजार पाएपछि कृषि उद्यमीहरु खुशी भएका हुन् । सोलुखुम्बुका कृषक तिलकबहादुर राईले स्टलमार्फत आफ्ना कृषि उत्पादन विक्री गर्न प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले सहजीकरण गरेको बताउनु भयो । किसान आफैँ उपभोक्तासँग साक्षातकार गरी वस्तु विक्री गर्दा नाफा सोझै किसानलाई पुगेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सोलुखुम्बुमा अन्तको व्यापारी आएर किनेर लग्दिनु हुन्थ्यो, तर विशेष अहिले चाहीँ जुन प्रधानमन्त्री परियोजना अन्तर्गत हाम्रो सोलुखुम्बु र ओखलढुंगाले सहजीकरण गरेर हाम्रो स्टलको रकम तिरी दिनुभएको छ । त्यसो हुँदाखेरी हामी आफैँ आएर बेच्न पाउँदाखेरी प्रत्यक्ष नाफा किसानलाई नै जाने भयो, त्यहीँको सहकारी संस्थालाई जाने भयो ।’

तामाकोशी एण्ड रिसर्च प्रा.लि.का प्रोपाइटर हिरालाल श्रेष्ठले मेलामा रामेछापको जुनारले राम्रो बजार पाएको बताउनु भयो । उहाँले जुनार टिप्दा सावधानी अपनाउन नसक्दा चोट लाग्ने र नेपालको जुनार कमजोर छ भन्ने गलत सन्देश बजारमा गइरहेको बताउनु भयो । उहाँले उत्पादित वस्तुको गुणस्तर कायम राख्नका लागि राज्यले प्रविधि दिनुपर्ने बताउनु भयो ।

उहाँ भन्नुहुन्छ, ‘बजार रामेछापमा उत्पादित जुनारको राम्रै छ । सिन्धुली र रामेछाप जुनारका लागि हब पनि भयो । जुनारले राम्रै बजार पाएको छ । किसानलाई अलि प्रविधि दिनु आवश्यक छ । जति गुणस्तरमा हुनुपर्ने कुरा जति बोटमा फुल्दादेखिनै गुणस्तर कायम गर्नुपर्छ । र बजारमा प्राइजमा म्यानेजमेन्ट गर्न राज्यले एउटा प्रणालीको विकास गराउनु पर्छ किनभने मूल्यको कुरा होला । कोल्ड रुममा राख्ने कुरा वा टिप्दाखेरि व्यवस्थित तरिकाले नटिप्दा चोट लाग्ने हुन्छ, त्यसमा लस हुने भयो, उपभोक्तालाई मूल्य हाइ हुने भयो । त्यसमा नेपाली जुनार बजारमा किन कमजोर भयो भने म्यासेज जाने भयो । त्यसकारण वस्तु गुणस्तर राख्न किसानलाई प्रविधि दिनुप¥यो ।’

प्रधानमन्त्री कृषि आधुनिक परियोजनाका सिनियर एग्रिकल्चर इन्जिनियर डा। जित चन्द परियोजनाकै कारण नेपालमा केषि यान्त्रिकीकरणको बहस गाउँसम्म पुगेको बताउनु हुन्छ । परियोजनाको नौ वटा रणनीतिअनुसार काम भइरहेको भन्दै उहाँले कृषि यान्त्रिकीकरण मुख्य रणनीति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री कृषि आधुनिक परियोजनाकै कारणबाट नेपालमा कृषि यान्त्रिकिकरणको बहस गाउँसम्म पुगेको छ । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाका नौ वटा रणनीतिहरु छन्, त्यसमध्ये मुख्य रणनीति कृषि यान्त्रिकीकरण हो । र हाम्रा जिल्लास्थित जोन र सुपर जोन कार्यान्वयन इकाइहरुबाट कृषियान्त्रिकीकरण वितरणका कार्यक्रमहरु, कृषि यान्त्रिकीकरणको प्रवद्र्धनका कार्यहरु, रिपेरिमेन्टिनेन्यान्सका तालिमका कार्यक्रमहरु देशभर चलिरहेका छन् । र तपाईंले देख्न सक्नुहुन्छ गाउँमा चाहीँ किसानले कृषि उपकरण यन्त्रहरु पाएका छन् नि त्यसको मुख्य श्रेय चाहीँ यही हाम्रो परियोजना हो ।’

च्याउ उत्पादन किसान संघ सहअध्यक्ष तथा गोकर्णेश्वर च्याउ समूहका अध्यक्ष सीतारम तिम्सिना नेपालमा ३५ हजार व्यक्ति प्रत्यक्ष रुपमा च्याउ उत्पादनको रोजगारमा रहेको बताउनु हुन्छ । उहाँले घरमै पनि च्याउ उत्पादन गरेर खान सकिने बताउनु भयो । यस्तो मेलाले कृषि उत्पादनहरुलाई बजारीकरण गर्न राम्रो फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । राज्यको राम्रै आम्दानीको स्रोत बनेको च्याउ उत्पादनका बारेमा सीप तथा प्रविधि पनि हस्तान्तर गर्न मेलामा सहभागी बनेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘३५ हजार जति मान्छे प्रत्यक्ष च्याउको उत्पादनको रोजगारमा छन् । र सबैभन्दा धेरै च्याउ नेपालमा फल्छ र सरकारलाई पनि राम्रै रुपमा च्याउ क्षेत्रले योगदान पु¥याएको छ । आम्दानीको स्रोतमा पनि । हामीले चाहीँ प्रोडक्शन अझै बढोस् र यसबाट विभिन्न परिकार पनि बनाएर खान सकिन्छ है यसको प्रचार प्रसार गर्न मेलामा हामी आएको र हामीले यहाँ प्रविधि पनि हस्तान्तरण गछौँ, सीपहरु हस्तान्तरण गछौँ र कसरी खाने भन्ने पनि यहाँबाट सिकाएर पठाउँछौँ । घरमै पनि एउटा दुई वटा बल बनाएर पनि आफैँ च्याउ उत्पादन गरेर खान सकिन्छ है भनेर जनचेतना फैलियोस् भनेर यो एक्सपोमा भाग लिएको ।’

तिम्सिनाले आजभोलि विावह लगायत जुनसुकै भोजमा पनि च्याउको परिकार अनिवार्य गर्न थालिएको बताउनु भयो । शरीरका लागि चाहिने आवश्यक विभिन्न तत्वहरु च्याउबाट पाइने भएकाले साकाहारीका लागि सबैभन्दा राम्रो च्याउ नै भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पहिला बाहुनले च्याउ खाने होइन घरभित्र हुल्न पनि हुँदैन भन्ने चलन थियो । तर च्याउ शुद्ध हुन्छ, सबैकुरा भन्दा च्याउ शुद्ध । अहिले च्याउ खाने मान्छे यति धेरै बढ्नुभएको छ कि बिहे भोज जुनसुकै पार्टीमा मासुको आइटम भने फरक पर्दैन च्याउको आइटमअनिवार्य भयो अहिले । बिहे भोज, व्रतवन्ध, घेवा, ल्होसार जुनसुकै कार्यक्रममा पनि च्याउको एउटा आइटम अनिवार्य हुन्छ । यो भएन भने शाकाहारी मान्छेले के खाने त रु खोइ च्याउ नै रहेन छ भन्ने कुरातिर लागे र च्याउ खानुपर्ने रहेछ, च्याउमा शरीरलाई चाहिने विभिन्न तत्वहरु पाइने रहेछ भन्ने जानेर अहिले च्याउ खाने बानी विकास भएको छ ।’

मिडिया स्पेस सोलुसन प्रा।लि।का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले मेलाले नेपालमा उत्पादित कृषि उपजलाई विदेश पठाउन योग्य कसरी बनाउन सकिन्छ भनेर अभ्यास गर्न खोजेको बताउन ुभयो । उहाँले यस्तो मेला आयोजना गर्दा कृषि उद्यमीलाई फाइदा पुग्नुका साथै उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन बाटो खुल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले नेपालभरका किसानलाई निम्दा दिएरै बोलाएका छौँ । किसान तथा कृषि उद्यममा लाग्नुभएका सबैलाई बोलाएका छौँ । हाम्रो एउटा उद्देश्य चाहीँ के हो भने यहाँको उत्पादनलाई पनि प्रश्तुतीकरण गर्ने, र त्यो उत्पादनलाई अन्तर्राष्ट्रिय कम्पनीहरुसँग जोडेर त्यसको प्रोसेसिङ, प्याकेजिङ सबैलाई कसरी इम्प्रुभ गर्न सकिन्छ र त्यसलाई नेपालबाट बाहिर पठाउन एक्स्पोर्ट योग्य कसरी बनाउन सकिन्छ भनेर पनि एउटा सानो अभ्यास गर्न खोजेका हौँ । यसले गर्दा किसानलाई पनि फाइदा पुग्छ, र जुन कम्पनी उद्यम यो क्षेत्रमा लाग्नुभएको छ उहाँहरुले पनि नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन एउटा बाटो खुलाउन सक्छ कि भन्ने हाम्रो अपेक्षा यसबाट रहेको हो ।’

भुकृटिमण्डपमा जारी सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोले उत्पादित वस्तुको बजारिकरण गर्नुका साथै सीप तथा प्रविधिसमेत हस्तान्तरण गर्ने भएकाले किसान तथा कृषि उद्यमीका लागि राम्रो अवसर हुने देखिएको छ । मेला आज साँझसम्म मात्रै सञ्चालन हुनेछ ।