९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १४ जनाको मृत्यु



अ+ अ-

एजेन्सी। उत्तरी भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएका छन् ।

उत्तर प्रदेशको प्रयागराज जिल्ला नजिकै विपरित दिशाबाट आउँदै गरेको बस गाडीसँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने करिब १९ जना घाइते भएका छन् ।

मिर्जापुर–प्रयागराज राजमार्गमा मध्यरात करिब १२ बजे दुर्घटना भएको हो । मृत्यु हुनेहरू मध्य राज्य छत्तीसगढका थिए । उनीहरू पवित्र स्नान गर्न प्रयागराज जाँदै थिए ।

मध्य प्रदेशको अर्को राज्यका करिब २५ यात्रु बोकेको बस प्रयागराजबाट आउँदै गर्दा दुर्घटना भएको हो । पश्चिमी राज्य गुजरातको दाहोद जिल्लामा शुक्रबार राति गाडी पार्किङ गरिएको बससँग ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।