२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

एक्सेल्सियर कपमा ६ टिम च्याम्पियन

एक्सेल्सियर कपमा ६ टिम च्याम्पियन
अ अ+ अ-

काठमाडौं: एक्सेल्सियर कपको ११ औं संस्करणमा ६ टिमले शुक्रबार उपाधि जितेका छन् । बास्केटबलमा २ तथा ब्वाइज फुटसल आयोजक द एक्सेल्सियर स्कुलसहित ४ टिम च्याम्पियन बने ।

बास्केटबलको सिनियर ब्वाइजमा भ्याली भ्यु र सिनियर गल्र्समा स्वर्णिम पहिलो भए । फुटसलको यु–९ मा राई स्कुल, यु–११ मा स्वस्तिश्री गुरुकुल, यु–१४ मा एक्सेल्सियर र यु–१६ रिब्सले उपाधि जिते ।

सिनियर ब्वाइज बास्केटबल फाइनलमा भ्याली भ्युले रेडियन्ट पब्लिकलाई ७०–४२ ले पराजित ग¥यो । भ्याली भ्युको जितमा गणेशबहादुर विष्टले ३८ अंक योगदान गरे । हिसी ल्हामु लामाको १० अंक सहयोगमा सिनियर गल्र्सको उपाधि भिडन्तमा स्वर्णिमले रिबसलाई २२–२० ले हरायो ।

सिनियर ब्वाइजमा भ्याली भ्यूका गणेशबहादुर विष्ट तथा गल्र्समा स्वर्णिमकी नितिशा महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा बेबी एन्जल तथा सिनियर गल्र्समा राई स्कुल ‘इमर्जिङ टिम’ बने ।

स्वयम्भूस्थित आयोजक एक्सेल्सियरको मैदानमा भएको ब्वाइज फुटसलको यु–९ फाइनलमा राई स्कुलले संस्कृति इन्टरनेसनललाई २–१ गोलले पराजित ग-यो । राई स्कुलका रेहानकुमार श्रेष्ठ र आभास रेग्मीले गोल गरे ।

यु–११ को उपाधि भिडन्तमा स्वस्तिश्री गुरुकुलले एक्सेल्सियरलाई १–० गोलले हरायो । अर्नव भट्टराईले निर्णायक गोल गरे । यु–१४ को फाइनलमा एक्सेल्सियरले विद्यावाणी पाठशालालाई ४–२ गोलले पाखा लगायो । एक्सेल्सियरका कृष पाण्डेले ह्याट्रिक गरे भने साहिलराज थापाले १ गोल थपे । विद्यावाणीका अभिग्न कडरिया र प्रज्ज्वल गौतमले गोल गरे ।

यु–१६ को फाइनलमा रिब्सले बोधीसत्वमाथि ६–० को सहज जित दर्ता ग¥यो । रिब्सका श्रमन गुरुङ, आयुश केसी, आर्यान केसी, रिसन लामा, ब्लेस गुरुङ र भिनिथ श्रेष्ठले समान १–१ गोल गरे ।

यु–९ मा संस्कृतिका अर्सभ खड्का, यु–११ मा एक्सेल्सियरका ओजस पाठक, यु–१४ मा एक्सेल्सियरका साहिलराज थापा र यु–१६ मा रिब्स श्रमन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । यु–९ मा राई स्कुलका इसक राणा, यु–११ मा स्वस्तिश्रीका समिर बोहरा, यु–१४ मा एक्सेल्सियरका अन्शुमननन्द वैद्य र यु–१६ मा रिब्सका आरुस केसी उत्कृष्ट गोलरक्षक चुनिए ।

यु–९ मा जोन डेवी, यु–११ मा बोधी वृक्ष, यु–१४ मा काठमाडौं लिङकन र यु–१६ मा एलआरआई ‘इमर्जिङ टिम’ बने ।

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेत, एक्सेल्सियरकी चेयरम्यान शितल राणा, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजक, रेडियन्ट पब्लिकका प्रिन्सिपल सूर्यबहादुर केसी, एक्सेल्सियरका खेलकुद विभाग प्रमुख महेश मल्ल ठकुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दसदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइजमा १६ तथा गल्र्समा १२ टिमले सहभागिता जनाएको एक्सेल्सियरका बास्केटबल प्रशिक्षक आशिष महर्जनले जनाएका छन् । फुटसलको यु–९ मा ९, यु–११ मा १४ तथा यु–१४ र यु–१६ मा समान १२–१२ टिमले भाग लिएका थिए । यु–९ को प्रतिस्पर्धा पहिलो पटक समावेश गरिएको हो ।