२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 14.21

Wind: 1.03

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा कोरोना संक्रमणबाट ५९ वर्षीय पुरुषको मृत्यु



अ+ अ-

नेपालगन्ज । बाँकेमा ५९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय  पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृतकलाई तीन वर्षदेखि मुटुरोग को समस्या रहेको पनि उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार ८ बजेर ३० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो । १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनी इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा बसेका थिए । स्वास्थ्य समस्या बढेपछि उनको १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो ।

योसँगै बाकेमा कोरोना सक्रमितको मत्यु हुनेको संख्या सात पुगेको छ ।