६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा कोरोना संक्रमणबाट ५९ वर्षीय पुरुषको मृत्यु



अ+ अ-

नेपालगन्ज । बाँकेमा ५९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय  पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृतकलाई तीन वर्षदेखि मुटुरोग को समस्या रहेको पनि उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार ८ बजेर ३० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो । १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनी इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा बसेका थिए । स्वास्थ्य समस्या बढेपछि उनको १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो ।

योसँगै बाकेमा कोरोना सक्रमितको मत्यु हुनेको संख्या सात पुगेको छ ।