२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदीको विदेश भ्रमण समाप्त, आणविक सम्झौता पाइपलाइनमा



अ+ अ-

एजेन्सी । । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशको आणविक ऊर्जा कार्यक्रमलाई अगाडि बढाउन मद्दत गर्न वासिङ्टन र पेरिसबाट महत्त्वपूर्ण समर्थन प्राप्त गर्दै शुक्रबार द्रुत कूटनीतिक भ्रमण समापन गर्नुभएको छ ।

नयाँदिल्लीले सन् २०७० सम्ममा आंशिक रूपमा भारतमा आणविक संयन्त्रहरूको सङ्ख्या आठबाट बढाएर शुद्ध शून्य कार्बन उत्सर्जन हासिल गर्ने वाचा गरेको छ । आणविक संयन्त्रहरूले हाल भारतमा करिब तीन प्रतिशत विद्युत् उत्पादन गर्छन् ।

मोदीको ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा भारतमा अमेरिकाले डिजाइन गरेको आणविक रिएक्टरहरू निर्माण गर्ने सम्झौता भएको छ ।

“यो मार्गले अमेरिकाद्वारा डिजाइन गरिएका ठूला रिएक्टरहरू निर्माण गर्ने योजनाहरू खोल्नेछ र उन्नत साना मोड्युलर रिएक्टरहरूसँग आणविक उर्जा उत्पादनको विकास, परिचालन र मापन गर्न सहकार्यलाई सक्षम पार्नेछ”, बिहीबारको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यस हप्ताको सुरुमा मोदीले राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गर्नु भएपछि भारतले फ्रान्ससँग यस्तै सम्झौताको घोषणा गरेको थियो ।

विदेश सचिव विक्रम मिस्रीले बुधबार भारत र फ्रान्सले साना मोड्युलर आणविक रिएक्टरहरू विकास गर्न सहयोग सुरु गर्ने लक्ष्य राखेको बताउनुभयो । यद्यपि उहाँले यो प्रविधि अझै ‘प्रारम्भिक चरणमा’ रहेको बताउनुभयो ।

“हाम्रो उद्देश्य रिएक्टरहरूको सह–डिजाइन, सह–विकास र सह–उत्पादनमा सहकार्य गर्न सक्षम हुनु हो”, उहाँले पत्रकारहरूसँग भन्नुभयो ।

दुवै साझेदारी मोदी सरकारले आफ्नो कडा आणविक दायित्व कानून संशोधन गर्ने योजना घोषणा गरेको केही दिनपछि आएको हो । उक्त कानूनले प्राकृतिक प्रकोप लगायत केही परिस्थितिमा अपवाद गरिएको भए पनि कुनै क्षति वा दुर्घटनाका लागि सञ्चालकहरूलाई जिम्मेवार ठहर्‍याउँछ ।

आणविक झुकावका बाबजुद जीवाश्म इन्धन एजेन्डामा पूर्ण रूपमा रहेको नयाँदिल्लीले संयुक्त राज्य अमेरिकालाई ‘कच्चा तेल र पेट्रोलियम उत्पादनहरू र तरलीकृत प्राकृतिक ग्यासको प्रमुख आपूर्तिकर्ता’ बनाउन काम गरिरहेको बताएको छ ।

यो योजना ‘हाम्रा गतिशील अर्थतन्त्रहरूको बढ्दो आवश्यकता र प्राथमिकताहरूअनुरूप’ रहेको भारतले बताएको छ ।

मिश्रीले भारतले ‘करिब १५ अर्ब डलरको अमेरिकी ऊर्जा उत्पादन’ खरिद गरेको र यो आँकडा निकट भविष्यमा २५ अर्ब डलरसम्म पुग्नसक्ने ‘राम्रो सम्भावना’ रहेको बताउनुभयो ।

यस वर्षको सुरुमा भारतले देशको हरित ऊर्जा र रक्षा क्षेत्रका लागि महत्त्वपूर्ण विभिन्न खनिजहरूको आपूर्ति खरिद गर्न एक अर्ब ९० करोड डलरको योजनालाई पनि स्वीकृति दिएको थियो ।