२७ भाद्र २०८३, शनिबार
,
Latest
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अखिल नेता जोशी पक्राउ



अ+ अ-

काठमाडाैँ। ठमेलमा प्रहरीमाथि कुटपिट घटनामा संलग्न रहेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन्। नेता जोशीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।

माघ २७ गते काठमाडौं महानगरपालिका-९ एयरपोर्ट क्षेत्रमा ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भई लैनचौर बस्ने दिनेश सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका-५ स्थायी घर भई लैनचौर बस्ने रमेश फुलारालाई पक्राउ गरिएको थियो । उनीहरूले गत माघ २४ मा राति डिउटीमा रहेका दुई प्रहरीमाथि ठमेलमा कुटपिट गरेका थिए । पक्राउ परेकाहरू अमृत साइन्स क्याम्पसका विद्यार्थी नेता हुन् ।

सरकारको नेतृत्व गरिरहेको एमालेको संरक्षणमा कारबाहीको दायरमा नल्याइएको भन्दै आलोचना भएपछि प्रहरी जोशीलाई पक्राउ गर्न बाध्य भएको हो ।