९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाबालिकालाई दबाब प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं। नाबालिकालाई दबाब प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ खरिबोट बनस्थली बस्ने २० वर्षीय आयुष कुँवरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल स्न्यापच्याटबाट पीडितलाई साथी बनाई फकाईफुल्याई अनलाइन माध्यमबाट अश्लिलता प्रदर्शन गर्न वाध्य पारी स्क्रिन रेकर्ड गरी अनुचित लाभ लिन खोजेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न आयुषलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।