९ श्रावण २०८३, शनिबार
,
Latest
भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल



अ+ अ-

काठमाडौँ। इङ्लिस प्रिमियर लिग (इपीएल) मा लिग लिडर लिभरपुल र एभर्टनले बराबरी खेलेका छन् ।

‘मर्सी साइड डर्वी’ भिडन्तको तनावपूर्ण अन्त भएको खेलमा दुवै टिमले अङ्क बाँडेका हुन्। गुडिसन पार्कमा बुधबार राति भएको खेलमा ऐतिहासिक मर्सीसाइड डर्बीपछि लिभरपुलका प्रशिक्षक अर्ने स्लटसहित चार जनालाई रातो कार्ड देखाइएको थियो। खेलको अन्त्यमा भएको गोल स्वीकार्न लिभरपुललाई मुस्किल परेपछि विवादास्पद बनेको थियो।

११औं मिनेटमा बेटोले गोल गरेपछि घरेलु समर्थक उत्साहित भएका थिए । १६औं मिनेटमा नै लिभरपुलले खेल बराबरी गर्यो । मोहम्मद सालाहको क्रसमा एलिक्सिस माक आलिस्टरले हेडर गोल गरेका हुन् । पहिलो हाफमा यहि स्कोर कायम रह्यो ।

खेलको ७३ औँ मोहम्मद सलाहले गोल गरेपछि लिभरपुल २-१ ले अगाडि रह्यो । तर एभर्टनले खेलको इन्जुरी समयको आठौँ मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो ।

बराबरीको बाबजुद पनि लिभरपुल २४ खेलबाट ५७ अङ्क सहित पहिलो स्थानमा कायम छ । एभर्टनको २४ खेलबाट २७ अङ्क पुगेको छ र तालिकाको १५ औँ स्थानमा छ ।