४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते



अ+ अ-

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका-५ कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

शंकरापुर नगरपालिका–५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु  र ४० जना घाइते भएको  प्रहरीले जनाएको छ ।

चाबहिलस्थित एसएस एकेडेमीको विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो ४:५० बजे ब्रेक फेल भई दुर्घटना भएको हो । ३९ वर्षीय मनिष माझीले चलाएको बस साँखु आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।