२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्वाटेमालामा बस दुर्घटना हुँदा ५५ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । मध्य अमेरिकास्थित ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा सोमबार एउटा बस पुलबाट खसेर दुर्घटनामा परेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यस दुर्घटनामा ५५ जनाको मृत्यु भएको छ । यात्रुले भरिएको यो बस सान अगस्टिन अकासागुस्तालन शहरबाट राजधानी जाँदै थियो ।

फायर ब्रिगेडका एक अधिकारी एडविन भिल्लाग्रानले भने कि दुर्घटना हुनुअघि धेरै सवारी साधन एक आपसमा ठोक्किएका थिए, त्यसपछि बस करिब २० मिटर गहिरो नालीमा खसेको थियो । दुर्घटनापछि बसको आधा भाग नालीमा डुबेकाले मानिसले बाहिर निस्कने मौका पाएनन् ।

सरकारी अधिकारीका अनुसार दुर्घटना हुँदा बसमा करिब ७० जना सवार थिए । ग्वाटेमालाका राष्ट्रपति बर्नार्डो अरेभालोले देशमा ३ दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । त्यसैगरी सेना र विपद् व्यवस्थापन निकायलाई जनताको सहयोगमा खटाइएको थियो ।