९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ अभिनेता अजित कुमार पोर्चुगलमा दुर्घटनामा परे



अ+ अ-

एजेन्सी । तमिल अभिनेता अजित कुमार पोर्चुगलमा दुर्घटनामा परेका छन् । तर, उनलाई कुनै चोटपटक लागेको छैन । यस घटनाको जानकारी अजित आफैले दिएका छन् ।

अजित मोटर स्पोर्ट इभेन्टमा सहभागी हुन लागेका थिए । अभ्यासको क्रममा उनको कार रेसिङ ट्र्याकमा दुर्घटनामा परेको थियो ।

एक अन्तर्वार्तामा यो घटनालाई उल्लेख गर्दै अजितले भने, ‘हामी फेरि राम्रो समय बिताइरहेका छौं । हाम्रो सानो दुर्घटना भयो । भाग्यवश कसैलाई केही भएन । हामी फेरि कार रेस जित्नेछौं र हाम्रो गौरव स्थापित गर्नेछौं । दुर्घटनाको समयमा हामीलाई साथ दिनुहुने साथीहरूलाई धन्यवाद दिन चाहन्छौं ।’

अजित यो वर्ष दोस्रो पटक दुर्घटनाको सिकार भएका छन् । गत महिना ८ जनवरीमा अजितको दुबईमा दुर्घटना भएको थियो । त्यसमा पनि उनलाई चोट लागेको थिएन ।

फेब्रुअरी ६ मा रिलिज भएको अजित कुमारको फिल्म ‘विदमुयार्ची’ ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । भारतमा फिल्मले चार दिनमा ६२ करोड भारु कमाएको छ । फिल्मले समग्रमा १२२ करोडको आँकडा पार गरेको छ ।