७ पुष २०८२, सोमबार
,
Latest
मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा हिटर बालेर सुतेका युवकको निस्सासिएर मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं। काठमाडौंको चन्द्रागिरिस्थित भाडाको कोठामा बस्ने एक पुरूष निस्सासिएर मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर-१५ तिनथानास्थित दुई तले घरको कोठामा  बस्ने नुवाकोटको बेलकोटगढी-२ घर भएका ४० वर्षीय सुवासचन्द्र पौडेल मृत भेटिएका छन्। पौडेल घरको भुइँ तलाको कोठामा मृत भेटिएका हुन्।

उनको कोठामा ओछ्यानमा रहेको डस्ना, सिरक र म्याट जलेको अवस्थामा भेटिएको छ।