२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनयुद्ध’ दिवस मनाउन गाउँपालिकामा सार्वजनिक बिदा



अ+ अ-

गोरखा। गोरखाको गण्डकी गाउँपालिकाले आगामी फागुन १ गते पालिकाभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको छ ।

नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनको लागि २०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र युद्धको क्रममा शहादात प्राप्त गरेको स्मरण र शहिदहरुको सम्मानमा आगमी फागुन १ गते पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदा दिने बारे यही माघ ८ गते बसेको गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको सूचनामा जनाइएको छ। सो दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू र अर्ध तथा गैरसरकारी संघ संस्थाका कार्यालयहरू तथा शैक्षिक संस्थाहरू बन्द रहने गाउँपालिको सूचनामा उल्लेख छ।

गोरखामा रहेका ११ वटा स्थानीय तहहरुमध्ये गाउँकार्यपालिकाको बैठकबाट निर्णय गरी गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रशासकिय अधिकृत किरण बाबु कट्टेलद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।