४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

ओखलढुङ्गामा छ करोड मुआब्जा वितरण

ओखलढुङ्गामा छ करोड मुआब्जा वितरण
अ+ अ-

ओखलढुङ्गा । यहाँ विकास आयोजना सञ्चालन गर्नका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि रु पाँच करोड ८८ लाख ३२ हजार ८२८ मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिएको छ । मुआब्जा निर्धारण समितिले बितेका दुई आर्थिक वर्षमा उक्त रकम बराबरको मुआब्जा तथा क्षतिपूर्ति वितरण गरेको हो ।

समितिले सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण ओखलढुङ्गा–रुम्जाटार सडक आयोजनाका लागि जग्गा प्राप्ति ऐन २०३४ अनुसार मुआब्जा र क्षतिपूर्ति वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो । प्रशासन कार्यालयले सार्वजनिक गरेको मुआब्जासम्बन्धी अभिलेख २०७७ अनुसार सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनामा १४९ जनालाई रु पाँच करोड २४ लाख ९१ हजार ६७५ मुआब्जा उपलब्ध गराएको उल्लेख छ ।

यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण ओखलढुङ्गा–रुम्जाटार सडक आयोजनामा १९ जनालाई रु २० लाख आठ हजार १०४ मुआब्जा वितरण गरिएको जनाइएको छ । सोही सडकमा पर्ने संरचनाको क्षतिपूर्तिका लागि १५ जनालाई रु ४३ लाख ३३ हजार ४९ उपलब्ध गराइएको छ । यद्यपि केहीलाई भने रकम भुक्तानी गर्न बाँकी रहेको अभिलेखमा देखाइएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले जग्गा प्राप्त गर्ने सन्दर्भमा मूल्य निर्धारणका लागि अपनाउनुपर्ने विषय स्थानीय वस्तुस्थिति, जग्गाको प्रकृति, मालपोत दररेट तथा रजिष्ट्रेशन शुल्क, कर प्रयोजनका लागि स्थानीय तहबाट तोकको मूल्य, ऋण प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाले तोकेको मूल्य, प्रचलित चलनचल्तीको मूल्य एवं अन्य उपयुक्त आधारबमोजिम वस्तुनिष्ट तवरबाट जग्गाको मूल्य निर्धारण गरी मुआब्जा गर्दै आएको छ ।