२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए News Polar नेपालमा पहिलोपटक दृष्टिविहीनहरूको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता News Polar कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने

पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
अ अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पाँच वर्ष एउटै विद्यालयमा अध्यापन गरेका सामुदायिक विद्यालयका शिक्षकको सरुवा गर्ने भएको छ ।

पूर्व प्रधानाअध्यापक, पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षक, नगर सिकाइ सहयोग अनुदानमा कार्यरत शिक्षक, राहत अनुदानमा कार्यरत शिक्षक र बालविकास शिक्षकको सरुवा गर्ने निर्णय कार्यपालिकाले गरेको हो । नगर क्षेत्रभित्रकै विद्यालयमा सरुवा गरिनेसमेत नगरपालिकाले जनाएको छ ।

सरुवा हुन चाहेको शिक्षकले कम्तीमा पाँच वटा विद्यालयको प्राथमिकता क्रमसहित नगरपालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने विद्यालय समायोजन दरबन्दी मिलान तहगत प्रअ व्यवस्थापन कार्यदलका संयोजक रमेशबहादुर ऐरले जानकारी दिए । ‘शिक्षकको नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा सरुवाका लागि प्रतिवेदन निर्णयार्थ कार्यपालिकामा पेस गरी पारित गरिएको छ’, उनले भने, ‘सुझावसहित पारित प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित विद्यालयमा जानकारी दिइएको छ ।’

संयोजक ऐरका अनुसार ६३ नगर शिक्षक, नौ जना सङ्घीय अनुदानका शिक्षक गरी ७२ जना, प्राथमिक तहका स्थायी ७३, निम्न माध्यमिक तहका १६, माध्यमिकका आठ स्थायी शिक्षकको दरबन्दी मिलान, व्यवस्थापन गरिने छ । यसैगरी उच्च माविका दुई, राहत कोटाका प्राथमिक तहका ५०, निम्न माध्यमिक विद्यालयका २३, माध्यमिक तहका २४, साविक उच्च माविका आठ र बालविकासका ६५ शिक्षकको व्यवस्थापन गरिने भएको छ ।

विद्यालयमा कार्यरत कर्मचारीलाई पनि कार्यदलले व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ । शिक्षा क्षेत्रसँग सम्बद्ध विज्ञ, पूर्वशिक्षा क्षेत्रका सेवानिवृत अधिकारी, विद्यालय व्यवस्थापनका पदाधिकारी, शिक्षकलगायतसँग रायसल्लाह सुझाव लिएर प्रतिवेदनलाई मूर्तरुप दिने बताइएको छ। यसअघि कार्यदलको सिफारिसमा सामुदायिक विद्यालयमा २८ जना प्रधानाध्यापक र तहगत, विषयगत गरी २४ जना शिक्षक व्यवस्थापन गरिएको थियो । न्यून विद्यार्थी सङख्या भएका चार वटा विद्यालय समायोजन र दुईवटा विद्यालयको तहगत मिलान गरिएको थियो । नगर क्षेत्रमा २८ वटा सामुदायिक विद्यालय छन् ।

विद्यालयका भौतिक समस्या, शैक्षिक समस्या तथा शिक्षक व्यवस्थापनलाई दश वर्षे नगर शिक्षा योजनामा समेटने नगरपालिकाको शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले बताए । ‘विद्यालयस्तरीय शैक्षिक कार्यहरु नियमित रुपमा सञ्चालन गराई परीक्षा प्रणालीलाई समयसापेक्ष सुधार गर्ने प्रयास गरेका छौँ’, उनले भने, ‘नगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा तहगत स्थायी प्रधानाध्यापक व्यवस्थापन गरी कामकाजका लागि खटाएका छौँ ।’रासस