२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए News Polar नेपालमा पहिलोपटक दृष्टिविहीनहरूको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता News Polar कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

समाजवादीको महाधिवेशनमा दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा बहस

समाजवादीको महाधिवेशनमा दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा बहस
अ अ+ अ-

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले कृषि क्षेत्रको उत्पादन वृद्धि, न्यायपूर्ण वितरण तथा हरित ऊर्जाको प्रयोगलाई जोड दिने गरी नीति तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

आइतबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनको बन्द शत्रमा नेता तथा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने तथा छोटो समयमै दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गर्न सकिने विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका हुन ।

संयोजक डा भट्टराईले भने, “त्यसका लागि राज्यको कुल बजेटको ४० प्रतिशत विकासमा खर्च गरिनुपर्छ । अरुले घिस्रने कुरा गरेका छन्, हामीले उफ्रने र उड्ने लक्ष्य बनाउनुपर्छ । विकास र समृद्धि प्राप्त गर्न पहिले उत्पादन बढाऔँ, पुग्ने गरी बाडौँ । शिक्षा, स्वास्थ्य, रोजगारी राज्यबाटै सुनिश्चित गरौँ ।”

वैदेशिक लगानी भित्र्याउन विद्यमान कानुनी अड्चनमा सुधार गर्दै पुँजीपतिसँग सम्झौताका साथ ठूला पूर्वाधार निर्माण गर्न सकिने भन्दै उनले यसबाट रोजगारी र राजस्व प्राप्त हुने भएकाले प्रोत्साहनको नीति आवश्यक रहेको बताए ।

संयोजक डा भट्टराईले योग र ध्यानको माध्यमद्वारा समाजमा सद्भाव काम गर्दै भौतिकसँगै मानसिक र आध्यात्मिक खुसीका लागि काम गर्नुपर्नेमा जोड दिए । यसका लागि राजनीतिक स्थिरता र सुशासन चाहिने भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गरिनुपर्ने उनको भनाइ थियो ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी महाधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिइरहेका छन् । महाधिवेशनले ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।

प्रचार विभाग प्रमुख मानुषी यमीले दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिइने बताए ।

महाधिवेशनको बन्दसत्रमा संयोगकबाट प्रस्तुत राजनीतिक र साङ्गठनिक प्रस्तावमाथि समूहगत छलफल भएको छ । अब संयोजकबाट छलफलमा उठेका प्रश्नको सम्बोधन भएसँगै निर्वाचन आयोगलाई जिम्मेवारी हस्तान्तर गरिने जनाइएको छ । रासस