काठमाडौँ । चर्च ब्वाइज युनाइटेड आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइज त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै अन्तिम चारमा पुगेको हो । चर्च ब्वाइजको जितमा राज भुसालले गरेको गोल नै निर्णायक बन्यो ।
अब चर्च ब्वाइजले सेमिफाइनलमा नेपाल पुलिस क्बलसँग खेल्नेछ । यसअघि थ्री स्टार क्लब पनि सेमिफाइनलमा पुगिसकेको छ । २४औं संस्करणको आहा रारा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।










